ब्लड डोनर्स एसोसिएसन अफ अमेरिकाको दोश्रो सम्मेलन जर्जिया को एटलान्टामा

Hollywood Khabar March 15,2018 Comments

एकदेव शर्मा/क्यालिफोर्निया, Be a Life Saver, Be a Blood Donor भन्ने मूल नाराका साथ ब्लड डोनर्स एसोसिएसन अफ अमेरिकाको दोश्रो राष्ट्रिय सम्मेलन यही आउँदो २०१८,मे महिनाको २५ र २६ गते जर्जिया राज्यको एटलान्टा शहरमा सम्पन्न हुन गैरहेको कुरा ब्लड डोनोर्स अफ अमेरिकाले जनाएको छ । उक्त सम्मेलनमा बिभिन्न देशका रक्तदाताको सहभागिता रहनेछ भने बिदेशी अतिथीका रुपमा ईन्टरनेशनल फेडेरेसन अफ ब्लड डोनर्स का अध्यक्षको समेत उपस्थित हुने सम्भावना रहेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसंगको सहकार्यमा सम्मेलनको सम्मेलनको पहिलो दिन मे २५ तारिखका दिन अन्तराष्ट्रिय कविता बाचन प्रतियोगिता सम्पन्न हुने र उत्कृष्ट प्रथम, द्वितीय र तृतीय प्रतियोगीले क्रमश $४००, $२००, $१०० डलर प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट कविताहरु सम्मेलनको स्मारिकामा प्रकाशन हुनेछ ।
बीडिएले अमेरिकामा स्वयमसेवी रक्तदानमा महत्वपूर्ण योगदान पु-याउदै आएको छ र विशेष गरी नेपाली समुदायको उल्लेखेनीय भूमिका रहदै आएको छ ।
हाल अमेरिकाका २८ वटा राज्यमा फैलिएको ब्लड डोनर्स अमेरिकालाई बिस्तार गर्दै सबै राज्यमा बिस्तार गर्ने गरी कार्य भाई रहेको जानकारी संस्थाका बर्तमान अध्यक्षमा डा नन्द रेग्मी दिनुभएको छ,जसको स्वयंसेवी रक्तदान अभियानमा उलॆखेनीय भूमिका रहेको छ । यो सम्मेलनलाई सफलतापूर्बक सम्पन्न गर्नकालागी सम्मेलनको आयोजक समितिमा भविन्द्र बस्नेत संयोजक र सतिश गुप्ता सचिवमा मनोनय हुनुभएको छ। यस सम्मेलनले आगामी वर्ष २ वर्ष(२०१८-२०२०) को लागि नयाँ कार्य समितिको चयन गर्ने छ।
अमेरिकामा रहेका नेपालीहरुबीच रक्तदानको बारेमा उत्प्रेरणा जगाउने जनचेतना शिक्षा अभियान सँचालन तथा नियमित रक्तदान कार्यक्रम सँचालनगरी नेपाली समुदायलाई अमेरिकी मूलधारामा समाहित गराउने कार्यमा बि डी ए अमेरिकाले प्रशंसनीय भूमिका निर्वाह गर्दै आएको छ।