-Dilu Panta

नेपाल भारत अन्धो प्रेमले दुब्लाएको राष्ट्रिय स्वाभिमान-पन्त

Hollywood Khabar May 11,2018 Comments

दिलु पन्त, मे १२, २०१८

नेपाल भारतबारेमा नेपालका सबैजसो राजनैतिक पार्टीहेरुले अन्तरिक रुपमा  बोल्छन र ब्याख्या गर्छन त्यो सबैलाई थाहा। तर पछिल्लो समयमा नेपाल र भारतको अन्धो प्रेमले नेपालको राष्ट्रिय स्वाभिमान दुब्लाएको छ। अब नेपालको राष्ट्रियता मात्र होइन अस्थित्व नै टीबी रोग लागेको जस्तो सुकुटे भएको छ।

लौ न हो नेपालका राष्ट्रबादिहरु; सत्तका चालबाजहरु, केही त बोल ! फेरि अर्को पटक पनि चाहिन्छ नि सत्ता। खयाल राखौं लिपुलेक, सुस्ता, टनकपुर सबै सकियो अब। केवल एउटै मात्र भए पनि जंगे पिलर म्युजियम मै सहि लुकाएर राख। भोलि तिम्रा नाति नातिनिहरुलाई एकादेशको कथा सुनाउन काम लाग्छ। नेपालको सिमानामा भर्खर मात्रै सहिद भएका गोबिन्द गौतमहरुको रगत आलै छ।

हामीले भारतबाट भोगेको कुराबारे राजनैतिक पार्टीहरुले पछाडिबाट कन्याउँदै बस्ने गरेका छन। ऐले पनि जनताहरुले बिरोध गरेका बेला पार्टीहरु चुप बसेका छन्। जतिबेला नेपालमा भारतीय नाकाबन्दी भयो त्यो बेला पनि आधिकारिक धारणाहरु प्रष्ट देखिएन तर व्यबहारमा सोझै देखियो। अघोषित रुपमा आरोप र प्रतिआरोप भएर आमानविय रुपमा गरिएको त्यो नाकाबन्दीबाट आम नेपालीहरुले अनगिन्ती दुखहरु झेल्नुको यथार्थको भोगाइ सबैमा थाहा छदैछ।

यतिबेला पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल आगमन तेस्तै भएको छ। जहिले पनि यस्तै किन हुन्छ ? मोदीको यो तिर्थयात्रा हो कि राजकीय भ्रमण हो भन्ने बिषयले नै नेपाली जन्ताहरु बिच सन्देहको प्रश्न बनिरहेको छ। खास कुरा के हो महोदय ? तपाईंको बिचारको दास र व्यक्तिगत फाइदाको अन्धो प्रेम होइन, हामीलाई सिंगो, स्वाभिमान देश चाइएको छ। नरेन्द्र मोदी त फेरि-फेरि आउलान तर हाम्रो स्वाभिमान र देश डुबेपछि अर्को आउँदैन।

पूर्ण रुपमा सुरु नै नभएको राज्यका मुख्यमन्त्रीको भाषणले हाम्रो देश संकटमा र हाम्रो राष्ट्रियता खतरामा छ। अझै पनि गुणगान र प्रेमलिला मै सत्ता चलाउने हो भने त्यो सत्ता एक दिन सुकेको पत्ता जस्तै हुनेछ। हामीले राष्ट्रलाई माया गर्नुपर्छ, छिमेकीसंग संबन्ध सुमधुर गर्नुपर्छ तर मालिक र दासको जस्तो होइन। आफ्ना औंलामा गन्न सकिने समुहको स्वार्थलाइ हेरेर सिंगो देशको स्वाभिमान गिराउन हुन्न महोदय। पृथ्वी नारायाण शाहको गुणगान गाउने नेपालीहरुले तपाइलाइ कलंकित दाग नदिउन।