-विश्वशान्तिका लागि पुन: जपयज्ञ हुने

विश्वशान्तिका लागि पुन: जपयज्ञ हुने !

Hollywood Khabar March 30,2020 Comments

विश्वशान्तिका लागि पुन: जपयज्ञ हुने !

विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको महामारीबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न विश्वशान्ति जपयज्ञ कार्यक्रम हुनेभएकाे छ। विश्व अध्यात्म केन्द्रकाे आह्वान तथा अन्य विभिन्न देशका स्थानीय संस्था र व्यक्तिकाे संयाेजकत्वमा हुने यज्ञका लागि अनलाईन बैठकले निर्णय लिएकाे हाे । बैठकले विश्वभर रहनुहुने सम्पूर्ण गुरुवर्गहरुलगायत यससम्बन्धी ज्ञाताहरु आ-आफ्नै घरमा बसी पाठ तथा जप गर्नका लागि अनुरोध पनि गरेको छ । यस बैठकमा अमेरिकाका विभिन्न स्टेट, क्यानडा, बेलायत, अस्ट्रेलिया र नेपालबाट समेत संयोजकका रुपमा गुरुहरुको सहभागिता रहेको थियो ।

सनातन वैदिक ग्रन्थमा विद्यमान एवं प्राच्य त्रिकालदर्शी महर्षिहरुद्वारा प्रत्यक्ष अनुभव गरिएका मन्त्रशक्तिकाे माध्यमबाट विश्वभर एकै समयमा बिहान १० बजे जपयज्ञ प्रारम्भ हुने कुरा बताइएकाे छ । प्रात: स्नान, आचमन, ध्यान, याेग तथा प्राणायाम आदि नित्यकर्म गरी निम्नानुसार  जपयज्ञमा सहभागी हुन सबैमा सूचना मार्फ़त आयाेजकले अनुरोध गरेकाे छ। कार्यक्रमकाे सुरुआत अप्रिल १, २०२० बुधबार बिहान १० देखि ११ बजे सम्म स्थानीय समय अनुसार ‘देव्या: कवचम्’ तथा अन्य देवी मन्त्र !

अप्रिल २, २०२० बिहीबार, बिहान १० देखि ११ बजे सम्म श्रीराम नवमीकाे पावन अवसरमा ‘राम’ नामसंकीर्तन तथा आचार्य तुलसीराम कँडेलद्वारा अनुवादित नेपाली रामचरितमानस ग्रन्थकाे पाठ गर्न आयाेजकहरुले आह्वान गरेका छन्। हाल विश्वमा व्याप्त यो माहामारीबाट जीवन गुमाउनेहरुप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दै संक्रमितहरुकाे शीघ्र स्वास्थ्यलाभकाे कामना गर्दै बैठक आरम्भ भएकाे थियाे ।