-शंकराचार्य हेमानन्द गिरी

बिश्व हिन्दू सम्मेलन बनारसमा हुँदै, शंकराचार्य हेमानन्द गिरी प्रमूख अतिथि

Hollywood Khabar December 16,2018 Comments

कृष्ण के सी/अमेरिका

संसारको सबैभन्दा पहिलो अनि धर्महरुको पनि आधारशिला मानिने हिन्दूधर्मको उच्च आचार्यपदहरु मध्ये सर्वोच्च शंकराचार्यपदबाट नेपालकी त्यसमा पनि महिला हेमानन्द गिरी महाराज भिभूषित हुनुभएको हो।

शंकराचार्य हेमानन्द गिरीले जुलाई १०, २०१८ मा अखिलभारतीय विद्धत्परिषद र World Hindu Federation बाट शंकराचार्य र पशुपति मठाधीस समेतको पदबाट सम्मानित नियुक्ति पत्र लिनु भएको थियो।

आफूले बोलेको बचन अनुसार पशुपतिलाइ पाँचौ मठ बनाउन सफल समेत शंकराचार्य हेमानन्द गिरी महाराजले बारंबार आफू नेपालमा नै बसेर काम गर्ने बताउनु भएझै नेपालबाटै काम गर्दै हुनुहुन्छ।

उहाँको शंकराचार्य अभिषेक कार्यक्रमलाइ नेपालको सरकारले असहयोग मात्र गरेन काठमाण्डौमा गर्न नै नदिएर लखेट्यो। अन्तमा भक्तपूरामा आयोजित उहाँको अभिषेकमा पनि गृहमन्त्रालयको आदेशमा प्रहरी लगाएर छिटो-छिटो सकेर बन्द गर्न लगाइयो। शंकराचार्य जस्तो गरिमामय जिम्मेवारीलाइ पनि नेपाल सरकारले आफ्नै पहलमा अभिषेकको आयोजना गर्नु पर्नेमा उल्टा काम गर्यो।

स्मरणीय कुरा, ९०% भन्दा धेरै ॐकार परिवाकोको जनसंख्या भएको देशमा क्रिष्टियन धर्मका केहि हिस्साको चलखेल र प्रलोभनले गर्दा नेपाल सरकार त्यो हद सम्म पुगेको आरोप छ। पछिल्लो पटक नेपालको सरकार नै क्रिष्टियन धर्मको सम्मेलनको सह-आयोजक हुनुले पनि यो आरोपलाइ थप पुष्टि गरेको छ।

यसै शिलसिलामा बिश्व भरिका ५० भन्दा धेरै देशका हिन्दूहरुले भारतको बनारसमा सम्मेलनको आयोजना गरेका छन्। जनवरी २०, २०१८ का दिन आयोजित उक्त सम्मेलनको प्रमुख अतिथि भने शंकराचार्य हेमानन्द गिरी हुनुहुन्छ।

शंकराचार्यले यो पंक्तिकारसंग छोटो समयका लागि कुरा गर्दै सो जानकारी दिनुभएको हो। यो सम्मेलनले नै बिश्वभरका हिन्दू र हिन्दूधर्मको रक्षा र बिकासबारे छलफल गर्दै योजना समेत गर्नेछ, शंकराचार्यले भन्नुभयो।