-एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

Hollywood Khabar April 17,2021 Comments

हलिउडखबर, अप्रिल १७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगका प्रमुख विश्व बरालसंग साक्षात्कार फेसबुक लाइभको आयोजना गरिएको छ।

बरालले यो पटक सम्म तीन/तीन पटक एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगमा रहेर काम गर्नुभएको छ। २०१९ र यो २०२१ को निर्वाचनमा भने प्रमुख भएर काम गर्नुभएको हो। निर्वाचन प्रमुख बरालसंग गरिने साक्षात्कार कार्यक्रम फेसबुक लाइभ समेत गरिने छ।

खासगरी मतदाता संख्या, उम्मेदवारी मनोनयन, शुल्क, विभिन्न पदका लागि आवश्यक सप्लिमेण्टरी डकुमेन्ट, निर्वाचन नतिजा प्रकाशन र सपथ ग्रहण सम्मका कुराकानी गरिनेछ। यो कुराकानी बिशेष गरी उम्मेदवारहरुको लागि एकदम फलदायी हुने हुनाले सबै आकांक्षीहरुलाई लाइभमा सहभागी रहन समेत अनुरोधसाथ सूचना गरिएको छ।

कार्यक्रम अप्रिल १८, २०२१ आइतबार साँझ ८:०० बजे (न्यूयोर्क समय) मा हुनेछ। सो को लाइभ एनआरएनए एनसीसी अमेरिका, हलिउडखबर अमेरिका, ओएस नेपाल अमेरिका, नेपलिज डायस्पोरा अमेरिका, रुपान्तरण अमेरिका, बिआरटी नेपाल अमेरिका, माउण्ट एभरेष्ट टिभी क्यानाडा, नेपालसंसार बेलायत, राइट नेपाल स्पेन, नेपालका दर्पण दैनिक र रेडियो संजीवनी साथै नेपाल र अन्य थुप्रै फेसबुक पेज र ग्रुपबाट हुनेछ।

संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ