-एनआरएनए अमेरिका:विश्वराज वास्तोला बोर्ड सदस्य पदका उम्मेदवार

एनआरएनए अमेरिका:विश्वराज वास्तोला बोर्ड सदस्य पदका उम्मेदवार

Hollywood Khabar April 06,2021 Comments

हलिउडखबर, अप्रिल ६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचनमा विश्वराज वास्तोला बोर्ड सदस्य पदका लागि उम्मेदवार हुनुहुन्छ।

कास्कीको रमणीय हेम्जामा जन्मनु भएका विश्वराज वास्तोलाले पृथ्वी नारायण क्याम्पसबाट एमए गर्नुभएको हो। बिधार्थी हुँदा २०४५ देखि नेपाल बिधार्थी संघको राजनीतिमा सक्रिय रहेको कुरा बताउनुहुन्छ वास्तोला। पछि उहाँ मध्यमिक बिधालयको प्रधानाध्यापक हुनुभयो। पढाउने क्रमम नेपाल शिक्षक संघको केन्द्रिय सदस्य सम्मको जिम्मेवारी पनि निभाउनु भयो।

उहाँ २०१० मा न्यूयोर्क आउनुभयो र हाल लङ्ग आइल्याण्ड बस्दै आउनुभएको छ। अमेरिकामा आएपछि नेपाली जनसम्पर्क समिति अमेरिकाको राजनीतिमा सहभागी हुनुभयो। त्यसपछि २०१४ मा लङ्ग आइल्याण्ड च्याप्टरको सभापति हुनुभयो।

२०१४ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्य बन्नु भएका वास्तोला हाल भने आजीवन सदस्य हुनुहुन्छ। संघका गतिबिधिहरुमा सक्रिय उहाँ २०१७ र २०१९ का दुवै अन्तराष्ट्रिय महाधिवेशनमा प्रतिनिधि भएर नेपाल जानुभएको थियो। यो पटक भने संघको बोर्ड सदस्यको लागि उम्मेदवार हुनुभएको छ।