-विश्व मिर्गौला दिवस मनाइदै

विश्व मृगौला दिवस: महिलाहरूमा पुरुषको तुलनामा गम्भीर मृगौला समस्या

Hollywood Khabar March 13,2019 Comments

३० फागुन,काठमाडौं।आज विश्व मृगौला दिवस जहासुकै जोसुकैका लागि नाराका साथ जनचेतनामुलक कार्यक्रम गरि  मनाइदैछ।

संसारभरि ८५  करोड भन्दा बढी मानिसहरू मृगौला रोगबाट पीडित छन् । बर्षेनी २४ लाख मानिस दिर्घकालीन मृगौला रोगबाट आक्रान्त हुने गरेको छ।मृगौला रोग मानब मृत्युको प्रमुख छैटौ कारकका रुपमा रहेको छ । बर्षेनी बिश्वमा १७ लाखले ज्यान गुमाइहेका छन। नेपालमा प्रत्येक बर्ष ३ हजारको मृगौला फेल हुने गरेको छ।प्रत्येक १० मध्ये एक जनामा कुनै न कुनै प्रकारको मिर्गौला सम्बन्धी रोग भएको पाइएको छ। यो रोगको कुनै लक्षण देखिदैन।दुवै मृगौला लगभग ६० प्रतिशत खराब भएपछि मात्र रगतमा क्रिएटिनिन बन्न शुरू हुने मिर्गौला बिशेषज्ञहरुको भनाइ छ।

सामान्यतया मृगौलाले क्रिएटिनिनलाई छानेर शरीरबाट बाहिर निकाल्छ र त्यसैमा समस्या हुँदा मृगौलाले छान्न पाउँदैन र यसैले गर्दा रगतमा यसको स्तर बढ्छ । मिर्गौला रोगले मुटु, मधुमेह, उच्च रक्तचाप, मोटोपन, एचआइभि, मलेरीया, क्षयरोग र कलेजोरोग लगायतका दिर्घरोग लागेका लाई बढी हानी पुरयाउने गरेको छ । महिलाहरूमा पुरुषको तुलनामा गम्भीर मृगौला समस्या धेरै भेटिने गरेको छ । महिलामा मृगौलाको गम्भीर रोग समस्या १४ प्रतिशत हुन्छ भने पुरुषमा १२ प्रतिशत हुने गरेको तथ्यांक छ । त्यसैले सरकारले मृगौला दान दिने महिलाको तुलनामा पुरुषको संख्या बढाउन बिभिन्न कार्यक्रम ल्याएको छ ।

पिसाब रोक्ने, कम पानी पिउने, धेर नूनिलो कुरा खाने, उच्च रक्तचापको उपचारमा लापरवाही, चिनीरोगको उपचारमा लापरवाही, धेर मासु खाने,धेरै पेनकिलर लिने, धेरै रक्सी र चुरोट पिउने, पर्याप्त आराम नगर्ने, हल्का पेय र सोडा धेरै पिउनेलाई पनि मृगौला खराब गराउन सक्ने मिर्गौला बिशेषज्ञहरुले बताउने गर्छन । मृगौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।

सरकारले मृगौला रोगको उपचारका लागि विपन्न नागरिकलाई निःशुल्क डायलासिस र प्रत्यारोपणमा सरकारले अनुदान दिने गरेको छ । हाल करीब ४५ सयले डायलासिस सेवा लिइरहेको तथ्यांक छ। अहिलेसम्म नेपालमा १३ सय जनाले डालयासिस सेवा लिइसकेका छन । यो सेवा सरकारी अस्पताल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र शिक्षण अस्पतालले प्रदान गर्दै आएको छ भने निजीमा ग्राण्डी अस्पतालले पनि सुरु गरेको छ । नेपाल सरकारले बार्षिक २ अर्ब ११ करोड भन्दा बढी रकम प्रत्यारोपण तथा डायलासिसमा खर्च गर्ने गरेको छ ।