तस्बिर वेब

विशेष कार्यक्रमका साथ ऐतिहासिक जितगढीमा विजयोत्सव मनाइने

Hollywood Khabar April 19,2019 Comments

७ बैशाख बुटवल।बुटवल उपमहानगरपालिका–१ मा रहेको ऐतिहासिक जितगढीमा मनाइने विजयोत्सव समारोह विशेष कार्यक्रम गरी मनाइने भएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज लगायत नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, मुख्यमन्त्री शङ्कर पोखरेल समेत कार्यक्रममा सहभागी हुनुहुने भएको छ।बुटवल उपमहा नगरपालिकामा रहको यो ऐतिहासिक सम्पदा जितगढी करीब दुई सय वर्षअघि तत्कालीन नेपाली सेनाले अङ्ग्रेज सेनालाई बहादुरीसाथ लडेर पराजित गरेको खुशियालीमा विजयोत्सव मनाइँदैछ।    

दुई सय चार वर्षअघि फागुन ७ गतेका दिन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको सम्झना गर्दै विजयोत्सव मनाउन लागिएको हो।उपमहानगरपालिका–१ तिनाउ नदी किनारमा अवस्थित जितगढी किल्लालाई विशेषरुपमा सजाइएको छ।नेपाली सेना, प्रहरी र जनप्रतिनिधिको सक्रियतामा किल्लामा विशेष सरसफाइ गरिएको छ।उत्सवका लागि आकर्षक प्रवेशद्वार र मञ्च तयार गरिएको छ। सेना,उपमहानगरका कर्मचारी र जनप्रतिनिधिले विजयोत्सवको भव्य तयारी गरेका छन्।गत वर्षदेखि प्रदेश ५ को राष्ट्रिय पर्वका रुपमा जितगढी विजयोत्सव मनाउन थालिएको हो।

विजयोत्सवको दिन आज प्रधानमन्त्री ओलीले जितगढी किल्ला परिसरमा निर्माण गरीएको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्नुहुने र सालिकको छेउमा विशाल राष्ट्रिय झण्डा फहराइने कार्यक्रम रहेको उपमहानगरपालिकाकाले जनाएको छ।नौ फिट उचाइको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक र ४२ फिट उचाइको झण्डा प्रधानमन्त्री ओलीले अनावरण गर्नुहुने कार्यक्रम रहेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जनाकारी दिनुभयो।   

उजिरसिंहको पूर्ण कदको सालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जितगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीयस्थलका रुपमा विकास हुने उपमहानगरको विश्वास छ।नेपाल–अङ्ग्रेज युद्धलाई सम्झाउँदै नेपाली सेनाले त्यतिबेलाकै युद्ध सामग्री र पोशाक प्रदर्शनसहित युद्ध कौशल प्रदर्शन गर्नेछ।विजयोत्सव मनाउन युद्धसँग सम्बन्धित विशेष झाँकीसहित ¥याली पनि निकालिने कार्यक्रम रहेको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिनुभयो।