-तस्विर वेब

विषादी परीक्षणमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश 

Hollywood Khabar July 09,2019 Comments

२५ असार, काठमाडौं ।सर्वोच्च अदालतले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।अनिवार्य रुपमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्न  माग गर्दै अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले  दर्ता गरेको रीटमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो।

निवेदकहरुले विषादीयुक्त तरकारी र फलफूलले गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै स्वास्थ्य खान पाउनु नागरिकको मौलिक हक भएको भन्दै जाँच्ने मेसिनको अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने रीट  उल्लेख गरेका थिए ।विषादीयुक्त भारतीय तरकारी नेपालमा बेच्न छुट दिने मन्त्रिपरिषदको असार १९ को निर्णय खारेज हुनुपर्ने माग गरिएको रिटमा स्वदेशी तरकारी र फलफूलको समेत अनिवार्य परीक्षण हुनुपर्ने आदेशको माग गरिएको थियो।