साङ्केतिक तस्बिर ;साभार वेब

‘वीरबिक्रम २’को दुस्प्रचार गरेको अभियोगमा प्रनेश गौतम पक्राउ

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ काठमाडौं।चलचित्र ‘वीरबिक्रम २’को दुस्प्रचार गरेको अभियोगमा मिम नेपालका प्रनेश गौतमलाई प्रहरीले पक्राउ गरेको छ।युट्युब मार्फत फिल्मको बदनाम गरेको अभियोगमा सुनसरीको धरान उपमहानगर पालिका–१४ बिजयनगर घर भई हाल भक्तपुर बालकोट बस्ने २४ वर्षीय प्रनेश गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्देशक मिलन चाम्लिङ राईसँग ‘वीरबिक्रम २’ को प्रचार प्रसारको कुराकानीमा निर्देशकले विज्ञापन दिन नमानेपछि प्रनेशले चलचित्रको दुस्प्रचारमा लागेको महानगरीय प्रहरी महाशाखा टेकुका प्रमुख डिएपी होविन्द्र वोगटीले बताउनुभयो।

उहाँका अनुसार निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्याउने, चलचित्रको ब्यापार ब्यबसायमा घाटा पुर्याउने, गाली गलौज गर्ने र चलचित्रको बदनाम समेत गरेको भनि निर्देशक राईको जाहेरीको आधारमा प्रहरीले प्रनेशलाई पक्राउ गरेको हो।उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ।