डाक्टरको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

0
shares

by Soni Sharma | Updated: 22 Jul 2019

76 views
तस्बिर वेब

६ साउन विराटनगर।विराटनगरको नोवेल शिक्षण अस्पतालमा घुँडाको शल्यक्रिया गरिएका सुनसरीको दुहवी नगरपालिका–६ का ५० वर्षीय अनिलकुमार साहको आइतबार मृत्यु भएपछि उनका परिवार आन्दोलित बनेका छन्।शनिबार शल्यक्रिया गरिएका उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेपछि उपचारमा लापरबाही भएको भन्दै घटनाको विरोधमा आफन्त र दुहवीका स्थानीयले अस्पतालमा प्रदर्शन गरेका हुन्।दुहवी बजार बन्द गराएर आफन्त र स्थानीयले नोवेलमा नाराबाजी गर्दै प्रदर्शन सुरु गरेपछि अवस्था असामान्य बनेपछि सुरक्षा व्यवस्था मिलाउन र कुनै पनि घटना हुन नदिन भन्दै अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए।

उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै शव जिम्मा लिन अस्वीकार गरेर विरोधमा उत्रिएकाहरुले चिकित्कसलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन्।घरबाट मोटसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घुँडामा चोट लागेको थियो।भाइ प्रदीप साहकाअनुसार त्यही दिन उनी नोवेलमा उपचार गराएर घर फर्किएका थिए।साह शुक्रबार फलोअपका लागि आएका थिए। त्यस क्रममा शल्यक्रिया गर्नुपर्ने भन्दै अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. धिरज सिंह नेत्रृत्वको चिकित्सक टोलीले घुँडाको शल्यक्रिया गरिदिएको थियो।

घुँडाको चोट बढ्दै गएपछि चिकित्सकले नै शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको भाइ प्रदिपले बताए। शल्यक्रियापछि परिवारका सदस्यलाई बिरामी भेट्नसमेत नदिइएको र एकै चोटी मृत्यु भएको भनेर जानकारी मात्रै गराइएको उनको गुनासो छ। उनले भने, ‘घुँडाको शल्यक्रिया गर्दा मान्छे नै मर्नु भनेको चिकित्सकको लापरबाहीबाहेक केही हुनै सक्दैन।’