-नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेल अध्यक्ष र उनको प्यानल विजयी (Picture from social media)

नेपाल पत्रकार महासंघको निर्वाचनमा विपुल पोखरेल अध्यक्ष र उनको प्यानल विजयी

Hollywood Khabar April 09,2021 Comments

बहुत चर्चामा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भएको छ र संघको अध्यक्षमा विपुल पोखरेल र बाँकीमा उनिको सिंगो प्यानल विजयी भएको छ। निर्वाचनको अन्तिम नतिजा नेपाल पत्रकार महासंघको निर्वाचन समितिले अप्रिल १०, २०२१ शनिबार प्रकाशित गरेको छ। यो निर्वाचनमा प्रेस युनियन, प्रेस संगठन र माधव नेपाल समूह निकट प्रेस चौतारीको गठबन्धन थियो। यो गठबन्धनको प्यानल नै जितेको छ।

महासंघको अध्यक्षमा बिपुल पोखरेलले ६,९४२ ल्याएर बिजयी भएका हुन् भने उनकी प्रतिद्वन्द्वी निर्मला शर्माले ३,९१५ मत ल्याएको र उनीहरुको मतान्तर ३,०२७ रहेको छ। महासंघको इतिहासमा नै पहिलो पटक प्रत्यक्ष प्रणालीमा भएको हो।

  • अध्यक्ष-बिपुल पोखरेल
  • उपाध्यक्ष-रमेश विष्ट
  • उपाध्यक्ष-बाला अधिकारी
  • उपाध्यक्ष-उदय जीएम
  • महासचिव-रोशन पुरी
  • सचिव-गोविन्द प्रसाद चौलागाई
  • सचिव-सिर्जना अर्याल
  • सचिव-नारायण सुन्दर किलम्बु
  • सचिव-दीपेन्द्र चौहान
  • सचिव-हेमकर्ण विक
  • एशोसिएट सचिव-पवन आचार्य
  • कोषाध्यक्ष-कलेन्द्र सेजुवाल
  • लेखा समिति संयोजक-लेखनाथ न्यौपाने