विप्लव नेतृत्वको शिक्षक संगठनका केन्द्रीय अध्यक्ष प्रवल जनसेवाश्री पदकबाट सम्मानित 

0
shares

by Soni Sharma | Updated: 15 Apr 2019

53 views
-शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक

२ बैशाख,काठमाडौं।सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टीको शिक्षक संगठनका केन्द्रीय अध्यक्ष प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रवल जनसेवाश्री पदकबाट सम्मान गरेकी हुन्।बुटवल उपमहानगरपालिका वडा नम्बर १० स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक पाठकको स्कुल ५ नम्बर प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित छ।