विप्लवका कार्यकर्ताले दैलेखको आठवीस नगरपालिका–१ वडा कार्यालय तोडफोड

0
shares

by Soni Sharma | Updated: 20 Jul 2019

182 views
-तस्बिर वेब

४ साउन/दुल्लु/दैलेख

नेत्र विक्रम चन्द विप्लव नेकपाका कार्यकर्ताले दैलेखको आठवीस नगरपालिका–१ को वडा कार्यालयमा तोडफोड गरेका छन्। विप्लवका कार्यकर्ताले सात्तलामा रहेको वडा कार्यालयमा शुक्रबार राति २ बजे तोडफोड गरेका हुन्।

कार्यालयको मुख्य ढोकाको ताला फोड्ने प्रयास भइरहँदा नजिकैको मेडिकलमा बिरामी लिएर गएका १५ जना स्थानीयले देखेपछि तोडफोड गर्न आएको समूह भागेको स्थानीय जनप्रतिनिधि कमला बिकले बताइन्।

कार्यालयमा आगो लगाउनले खोटोको कुल्पिसमेत बोकेका कार्यकर्ताले स्थानीय देखेपछि उक्त सामाग्रीहरु छाडेर भागेका थिए।विप्लवका कार्यकर्ताहरुले कार्यालयको भित्तामा नेपाल कम्युनिस्ट पार्टी भेरी कर्णाली व्यूरो भनेर प्रर्चा समेत टाँसेका छन्।साथै,वडा कार्यालयको झ्याल र ढोकाहरु फुटेका छन्।