विप्लव नेतृत्वको नेकपाका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

0
shares

by Soni Sharma | Updated: 21 Jul 2019

65 views
माईला लामा

५ साउन काठमाण्डौ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका काठमाण्डौ उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ।ललितपुरको नख्खु तथा काठमाण्डौका विभिन्न ठाउँमा भएका बम विष्फोट लगायतका घटनामा लामाको संलग्नता रहेको जानकारी प्राप्त भएको र अरु पनि विभिन्न घटनामा सँलग्नता रहेको हुनसक्ने भएकाले पक्राउ गरिएको हो।काठमाण्डौको जडिबुटी क्षेत्रबाट शनिबार राति लामासँगै विप्लव नेतृत्वको नेकपाका अर्का एक जना कार्यकर्ता पनि पक्राउ गरिएको अपराध महाशाखाका प्रमु्ख सहकुल थापाले जानकारी दिनु भयो।

सरकार र नेकपाबीच बार्ताको अनौपचारिक प्रयासहरु भइरहेका बेला लामा पक्राउ परेका हुन्। तत्कालीन नेकपा माओवादीमा लागेर भूमिगत भएका लामा साँस्कृतिक फाँटमा सक्रिय थिए। उनलाई समेत विपक्षी बनाई यसअघि नै दर्ता भएको मुद्धामा अनुसन्धानका लागि पक्राउ गरिएको र आजै जिल्ला अदालतमा पेश गरिएको छ।अदालतमा उनको वयान पश्चात थुनछेक प्रयोजनका लागि वहस हुनेछ।