विप्लव नेतृत्वको बन्दले जनजीवन प्रभावित

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

79 views
-बन्दले देशकै प्रमुख पृथ्वी राजमार्ग ठप्प

१० असार,काठमाडौं।सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ।सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ ।महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् ।

देशकै प्रमुख पृथ्वी राजमार्गमा निजी सवारी साधन फाट्टफुट्ट चलेपनि बन्दको प्रभाव देखिएको मुग्लिन प्रहरीले जनाएको छ। बन्दले शैक्षिक संस्था, कलकारखाना लगायतमा पनि परेको छ । विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो । पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ ।