-एनआरएन यूकेको अध्यक्षका लागि उपाध्यक्षद्वय शेर बहादुर सुनार र पुनम गुरुङको उम्मेदवारी परेको छ, तस्बिर सौजन्य:शिब भण्डारी

NRNA:सबैभन्दा ठुलो एनआरएनए एनसीसी युके, ७४ पदका लागि ११७ उम्मेदवार र बैधानिकत प्रश्न

Hollywood Khabar August 18,2019 Comments

बिपिन निरौला/लण्डन/८/१९/१९

करिब १४ हजार पंजीकृत सदस्य संख्या बनाएर विश्वकै ठुलो राष्ट्रिय समन्वय परिषद (एनसीसी) कहलिएको गैरआवासीय नेपाल संघ (एनआरएनए) युकेको १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि आइतवार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्।

इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड गरी ४ राज्य समन्वय परिषद समितिका १०/१०, युनाइटेड किङ्गडम (यूके) अर्थात् संयुक्त अधिराज्य, बेलायतको केन्द्रीय समन्वय परिषद २७, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यका ७ गरी कुल ७४ पदका लागि जम्मा १ सय १७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै पदहरु निर्विरोध भएका छन् भने स्कटल्याण्ड र इंग्ल्याण्ड राज्य परिषद एवम् यूके केन्द्रीय समितिका सबै पदमा आवश्यक संख्या भन्दा बढिको उम्मेदवारी परेको छ ।

एनआरएन यूकेको अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय शेर बहादुर सुनार र पुनम गुरुङको उम्मेदवारी परेको छ।

बिधानत प्यानल बनाएर चुनाब लड्न नपाइने भएता पनि युके केन्द्रीय कार्यसमिति र इंग्ल्याण्ड एवम् स्कटल्याण्ड राज्य समन्वय परिषदका सबै पदमा दुवै अध्यक्ष उम्मेदवारहरुको प्यानलबाट उम्मेदवारी दर्ता गराइएको बुझिएको छ।

अध्यक्ष्य र आइसीसी सदस्यको लागि मनोनयन दर्ता शुल्क १५ सय पौण्ड अर्थात् करिब २ लाख नेपाली रुपैया रहेकोमा सबै उमद्वारी मनोनयन दर्ता शुल्क बाट १ करोड नेपाली रुपैया संकलन भएको छ।

बेलायतको छाता संगठन भनिएको एनआरएनको अहिलेसम्म आफ्नै भबन त छैन नै स्थाई कार्यालय समेत छैन। सदस्यता शुल्कबाट उठेको रकमबाट पनि केहि बचत नहुने बताइएको छ। जम्बो निर्वाचन समिति अनि खर्चिलो र भड्किलो निर्वाचनबाट सस्थाको लागि खासै केहि आर्थिक उपलब्धि नहुने अभियन्ताहरुको गुनासो रहदै आएको छ।

यूके केन्द्रीय कार्यसमितिको खुला उपाध्यक्षको २ पदमा बर्तमान उपाध्यक्ष्य प्रेम गाहा मगर, पशुपति पोखरेल, कमल पौडेल, सुनिल खड्का र धन सार्कीसहित ५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

महिला उपाध्यक्षमा रोजिना प्रधान राई र विमला लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।

केन्द्रीय कार्यसमिति उपाध्यक्षमा राज्य परिषदको कोटाबाट नर्दन आयरल्याण्डबाट नारायण कंडेल र वेल्सबाट रामचन्द्र पोखरेल निर्विरोध भएका छन्। स्कटल्याण्डबाट यज्ञमुर्ति ढकाल र मोहन कार्की गरि २ जनाले उम्मेदवारी दिएका छन् ।

अर्को महत्वपुर्ण पद युके केन्द्रीय महासचिवमा फडिन्द्र भट्टराई र कर्मा पहाडी शेर्पा रहेका छन्।

२ जना सचिवको पदमा विष्णु खरेल, कोशलेश्वर (कृष्ण) ढकाल, जित रानाभाट, भोलाविक्रम राई र भाग्यनारायण रायसहित ५ जनाको उम्मेदवारी परेको छ।

१ जना महिला सचिवका लागि रञ्जिता मल्ल र लिला सेलिंग माबोले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा तिलकराम भट्टराई र तेजेन्द्र रोका, सहकोषाध्यक्षमा विष्णु चालिसे र सकुन्तला गुरुंग उम्मेदवार रहेका छन्।

महिला संयोजकमा प्रसुना कंडेल र क्षमता ढकाल छन् भने युवा संयोजकमा हेम गुरुंग, अनिल मल्ल र नविन गुरुंगको उम्मेदवारी परेको छ।

१२ जना कार्यसमिति सदस्यमा २१ जनाको उम्मेदवारी आएको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी ) का ७ वटा सदस्यको लागि योगकुमार फगामी (वर्तमान अध्यक्ष), दयानिधि सापकोटा, ललितकुमार न्यौपाने, राजन खकुराल, अर्कराज तिम्सिना, अर्जुन कटुवाल, सुरोज मास्के, होमनाथ पौडेल, कृष्ण तिवारी, रमेश शर्मा बांस्तोला, मनिष खड्का, शालिक सापकोटा, सुशिला राई र लिलादेवी गुरुंगले उम्मेदवारी दिएका छन्।

इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा दिपक श्रेष्ठ र भिम सारु तथा स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा छविलाल अर्याल र काशिराम भण्डारीको उम्मेदवारी परेको छ। नर्दन आयरल्याण्ड परिषदमा नारायणबहादुर कुंवर र वेल्स राज्य परिषदमा कृष्णप्रसाद भण्डारीको नेतृत्वको कार्यसमिति निर्बिरोध भएको छ ।

यसैबीच वर्तमान योग कुमार फगामी नेत्रित्वको कर्यसमितिको एक उपलब्धिको रुपमा लिइएको समावेसी राज्य परिसदहरुको निर्वाचनलाई लिएर सरोकारवालाहरुले प्रश्न उठाएका छन्।

बिधानतह राज्य समितिका निर्वाचनहरु तत् राज्यमा नै छुट्टै प्रक्रियाबाट हुनु पर्ने र सामान्यतः राज्य समितिका निर्वाचनहरु सम्पन्न गरेर मात्र केन्द्रको निर्वाचन गर्ने प्रक्रिया हुन्छ। बिधान जानकारहरुका अनुसार हाल कायम रहेको बिधानको परिक्शेद ९ क २७ , १ अनुरुप राज्य समन्वय समितिको निर्वाचन राज्य समन्वय समितिले गर्नु पर्ने उल्लेख छ ।

यस व्यस्थालाई ख्याल नगरी हाल राज्य समन्वय परिसदका निर्वाचनहरुको काम पनि केन्द्रबाट भईरहेको र कतिपय उमेद्वारका आकांक्षीहरु स्कटलेन्डबाट कृष्ण दाहाल, उज्ज्वल कार्की, राम बगाले, बलराम पौडेल लगायतका उमेद्वारहरु चुनाव प्रक्रियामा भाग लिन गैर संबैधानिक प्रक्रिया अनुसार उमेद्वारी दिन बेलायत पुग्नु पर्ने र यो गैरसम्बैधानिक प्रक्रियामा भाग नलिने भन्दै बहिस्कार गरेको बताईएको छ ।

स्कटलेन्ड राज्य सामान्य समितिका संरक्षक भोला खनालका अनुसार राज्य परिसदहरुलाई सुरुदेखि नै इसारामा नचाउने कठपुतली बनाउने हो भने राज्य समितिको औचित्य नरहने र उचित सम्बोधन नगरी पेलेर जाने रणनितिले ल्याउने असहज परिस्थिति प्रति सबै जुम्मेवार पक्ष संबेदनसिल हुनु पर्ने विचार ब्यक्त गरे। खनालले असन्तुस्टी सम्बोधन नगरी निर्वाचन प्रक्रियामा पेलेर जाँदा अस्ट्रेलियामा भएको उजुरी जस्तो दुर्घटना हुन नदिन आफुले केन्द्रलाई बेलैमा सचेत गराएको र यस बिषयमा बेलायत केन्द्र र निर्वाचन समिति संबेदनसिल हुने कुरामा आफु बिस्वस्त रहेको जानकारी दिएका छन् ।

अर्कोतर्फ निर्वाचन समिति गठन र सदस्यता स्वीकृत गर्ने एकल जिम्मेबारी पाएका बर्तमान अध्यक्ष्य योग कुमार फगामीको आइसीसी सदस्यमा आएको उम्मेद्वारी बेलायतको र नेपालको कानुन समेतको खिलाफमा रहेको बेलायतको स्थानीय काउन्सिलर प्रवेश के सीले बताए।

केहि समय अघि बिधान अधिबेशन भनेर जानकारी सभामात्र गरिएको लगायतका केहि बिबादित कार्य गरेको एनआरएनए युके जस्तो च्यारिटीमा दर्ता भएका या हुने सस्थाहरुलाई बेलायतको समाजमा आगामी दिनमा अफ्ठ्यारो पर्न सक्ने काउन्सिलर के सीको तर्क रहेको छ ।