साङ्केतिक तस्बिर साभार वेब

विपन्नलाई दाहसंस्कारमा शुल्क नलिने पशुपति क्षेत्र विकास कोषको निर्णय

Hollywood Khabar March 29,2020 Comments

१८ चैत्र काठमाण्डौं।पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिमा दाहसंस्कार गर्दा विपन्न परिवारसँग शुल्क नलिन निर्देशन दिएको छ।लकडाउनको अवस्थामा दाहसंस्कारका लागि विपन्नहरूलाई समस्या भएको समाचार आए लगत्तै मन्त्रालयले पशुपति विकास कोषलाई निर्देशन दिएको हो ।पैसा नभएकाहरूले दाह संस्कार गर्न समेत नपाएको समाचार गत आईतबारको नयाँ पत्रिकामा प्रकाशित भएको थियो । 

‘अरू वेलासमेत विपन्नसँग पैसा लिन पाइन्न,’ पर्यटन मन्त्री योगेश भट्टराईले भने, ‘अहिलेको विषम परिस्थितिमा झन् शुल्क लिनै मिल्दैन,यस विषयमा पहिला पनि पशुपति क्षेत्र विकास कोषले नै निर्णय गरिसकेको छ,समाचार आएपछि हामीले थप निर्देशन दिएका छौँ ।’ कोषले पनि आफ्ना कर्मचारीलाई विपन्नबाट दाहसंस्कार शुल्क नलिन निर्देशन दिएको छ ।