विपद् ब्यवस्थापनका लागि  तीनवटा हेलिकोप्टर प्रयोग हुने 

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

89 views
-नेपाली सेनाको हेलिकोप्टर

१० असार, काठमाडौं ।नेपालमा  बर्षा शरु भएलगत्तै प्राकृतिक विपत्ती बाट हुने क्षति न्यूनीकरणको लागि तीनवटा हेलिकोप्टर तयारि अवस्थामा राखिएको छ। नेपालमा सरकारी स्तरबाट हेलिकोप्टर सञ्चालन नेपाली सेनाले गर्दै आएको छ ।मनसुन सक्रिय भएसँगै नेपाली सेनाका हेलिकोप्टर देशभर पुग्न सक्ने गरी विभिन्न तीन स्थानमा तैनाथ रहने भएका छन् ।गृह मन्त्रालयले बनाएको मनसुन आपतकालीन कार्ययोजना ०७६ अनुसार पूर्वी नेपाल हेर्ने गरी इटहरी, मध्यनेपालका लागि काठमाडौ र पश्चिम नेपाल हेर्ने गरी सुर्खेतमा सेनाको हेलिकोप्टर तयारी अवस्था रहने भएको छ । प्रत्येक जिल्लामा सेनाको एक गुल्म आधारभूत उद्धार सामग्रीसहित स्ड्याण्डवाई अवस्थामा रहने गरी खटाइएको छ ।

गृह मन्त्रालयले बनाएको मनसुन आपतकालीन कार्ययोजना ०७६ अनुसार पूर्वी नेपाल हेर्ने गरी इटहरी, मध्य नेपालका लागि काठमाडौं र पश्चिम नेपाल हेर्ने गरी सुर्खेतमा सेनाको हेलिकोप्टर तयारी अवस्था रहने भएको छ। सेनाको विपद् व्यवस्थापन गण काठमाडौंले पूर्वतर्फको प्रदेश हेर्ने तथा विपद् व्यवस्थापन गण चितवनले पश्चिमतर्फको जिम्मेवारी हेर्ने गरी जिम्मेवारी छुट्याइएको छ । यसअन्तर्गत हरेक प्रदेश हेर्ने गरी सेनाले आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने भएको छ ।