NRNA विज्ञ सम्मेलनको समुद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट

Hollywood Khabar August 11,2018 Comments

चिरन शर्मा, समाचार संयोजक, गैरआवासीय नेपाली संघ
गैरआवासीय नेपाली संघ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको समुद्घघाटन नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले  गर्ने भएका छन ।

अक्टोबर १२ देखि १५ सम्म हुने सम्मेलन मार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्न मद्दत पुग्ने संयोजक डा. हेमराज शर्माले वताए ।

गैरआवासीय नेपालीहरुले उनीहरुसँग भएको ज्ञान, सीप र प्रविधि नेपालको हितमा लगानी गर्ने सेतुको रुपमा सम्मेलनलाइ लिइएको उनको तर्क थियो । सम्मेलनमा सहभागी हुने  अधिकांश विज्ञहरुको टुङ्गो लागिसकेको गैरआवासीय नेपाली संघले जनाएको छ।

सम्मेलनमा नेपाल  एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका  डा. दिनेशराज भुजुको संयोजकत्वमा विज्ञान तथा प्रविधि नीति सेसन,  एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी थाइल्याण्डका डा. शोभाकर ढकालको संयोजकत्वमा ज्ञानमा आधारित अर्थव्यवस्था तथा विकासका मार्ग, आरएमआइटी युनिभर्सिटी अष्ट्रेलियाका डा. राजु अधिकारीको संयोजकत्वमा ज्ञान तथा प्रविधि रुपान्तरण, किङ मंगकुटस् युर्निभर्सिटी अफ टेक्नोलोजी थाइल्याण्डका डा. खगेन्द्र ढकालको संयोजकत्वमा विकास नीतिका लागि नेपाली डायस्पोराको भूमिका सेसन, प्रोभेन्सियल हेल्थ सर्भिसेज अथरिटी क्यानडाका द्रोण रसाइली र आइएएएस त्रिभुभन युर्निभर्सिटीका डा. केशव अधिकारीको संयोजकत्वमा कृषि तथा खाद्य सुरक्षा सेसन,  इन्ष्टिच्युट फर सोसल एण्ड इन्भार्मेन्ट ट्रान्जिशनका डा. अजय दिक्षित र इहिम युनिभर्सिटीका डा।

नेत्र प्रकाश भण्डारीको संयोजकत्वमा विपद जोखिम न्यूनिकरण सेसन, एनआरएनए एकेडेमी नेपालका डा. प्रमोद ढकाल र युनिभर्सिटी कलेज लण्डन यूकेका डा. तेजेन्द्र फेरालीको संयोजकत्वमा शिक्षा,  इन्ष्टिच्युट फर एड्भान्स सेस्टेन्विलिटी स्टडिज जर्मनीका डा. महेश्वर रुपाखेती र युनिभर्सिटी अफ लुसियाना एट लाफियेट, युएसएका डा. दुर्गा पौडेलको संयोजकत्वमा वातावरणीय प्रदूषण, (आइओएम) त्रिभुवन युनिभर्सिटीका डा. अर्चना अमात्य र अबर्ट आइन्स्टाइन कलेज अफ मेडिसिन न्यूयोर्क यूएसएका डा. बिनोद शाहको संयोजकत्वमा शिक्षा र नीति,  (आइओएम) त्रिभुवन युनिभर्सिटीका डा. अरुण तिमल्सिना र नेपाल लाइब्रेरी फाउण्डेशन क्यानडाका डा. नरेश कोइरालाको संयोजकत्वमा उर्जा, यातायात र उपयोगिता, श्रम तथा रोजगार मन्त्रालय र सामाजिक सुरक्षा नेपालका प्रकाश दाहाल र डिपार्टमेन्ट अफ द ट्रेजरी यूएसएका किरण (रोन्) सिटौल, सस्टेनेबल इनर्जी जेनेरेशन, अमेरिकन फिजिकल सोसाइटी यूएसएका डा. हरि दाहाल र सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्स त्रिभुवन युनिभर्सिटीका प्रोफेसर नारायण अधिकारीको संयोजकत्वमा भौतिक विज्ञान र समृद्धिमा अलगधार, आरएमआइटी युनिभर्सिटी अष्ट्रेलियाका डा. राजु अधिकारी र रिकाष्ट त्रिभुवन युनिभर्सिटीका रामेश्वर अधिकारीको संयोजकत्वमा टेक्नोलोजी ट्रान्सफर एण्ड इनोभेशन, अर्हुश युनिभर्सिटी डेनमार्कका डा. नविन अर्यालको संयोजकत्वमा  छात्रवृत्ति, मेडिटक्स साउथ कोरियाका डा. देवी बस्नेतको संयोजकत्वमा वैदेशबाट फर्किएका व्यवसायीहरु, अमेरिकन फिजिकल सोसाइटी, यूएसएका डा. हरि दाहालको संयोजकत्वमा इनोभेशन एण्ड प्राइभेट इन्भेष्टमेन्ट र नेशनल इनोभेशन सेन्टर नेपालका महाबीर पुन र फ्लेभकन क्यानडाका नारायण घिमिरेको संयोजकत्वमा आर्गो फड इनोभेशन सुपरक्लष्टरमा विषेश कार्यपत्र प्रस्तुत गर्ने छन् ।

सम्मेलन ताहाचलस्थित सोल्टी क्राउन प्लाजाका हुने  विज्ञ सम्मेलनको पूर्वतयारी स्वरुप अमेरिका र यूरोपमा मिनी विज्ञ सम्मेलन भइसकेको छ भने मध्य पूर्व क्षेत्रिय बैठकमा समेत यसबारे विशेष छलफल हुने  भएको छ।