-सांकेतिक तस्विर

विधुत सर्ट भएर दुइवटा पसलमा आगलागी 

Hollywood Khabar May 14,2019 Comments

२ जेठ, बुटवल।बुटवलमा विद्युत् सर्ट भएर दुइवटा पसलमा आगलागी भएको छ।बुटवलको सङ्गमपथमा रहेको ब्याग हाउस र जुत्ता पसलमा आगलागी भएको हो ।आगलागीबाट व्यवसायी राजु श्रेष्ठले सञ्चालन गरेको गुल्मी रेसुंगा ट्रेडर्स (जुत्ता पसल) र चिन्कु गुप्ताले सञ्चालन गरेको सगरमाथा ब्याग हाउसका सबै सामान जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।आगलागीबाट करिब ५० लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।