-NRNA:बिधान नपढ्ने, सँस्था नबुझ्नेहरुले पनि आफूलाई आइसीसी सदस्य बनाउन माग गर्छन

NRNA:बिधान नपढ्ने, सँस्था नबुझ्नेहरुले पनि आफूलाई आइसीसी सदस्य बनाउन माग गर्छन

Hollywood Khabar November 03,2019 Comments

कृष्ण के सी/अमेरिका/११/४/१९

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदका लागि २१ जना सदस्यहरु मनोनयन गर्न सकिने कुरा बिधानमा ब्यबस्था छ। यस्ता सदस्य हुन अरु धेरै मापदण्ड पनि हुनुपर्ने कुरा बिधान र नियमावलीमा उल्लेख नै गरिएको छ।

तर विगत देखिनै एकाथरी व्यक्तिहरु आफूलाई सो पदमा मनोनयन पाउन मरिहत्य गर्ने गरेका छन्। कतिपयले त्यसैगरी पटक-पटक नियुक्त लिने गररेका छन्। यति मात्र होइन ऐले आएर त बिधान र नियमावली नै नपढेका, संस्थाबारे जानकारी नै नभएका व्यक्तिहरु पनि आफूलाई मनोनयन पाउन दवाव दिन थालेका छन्।

यहाँ सम्मकि संघको सदस्यता नलिएका, यस पालीको डेलिगेट्समा पनि नाम नभएका, संस्थाको काम र गतिबिधिमा कदापी सहभागी नभएकाहरु झन् चर्को स्वरमा कराउन थालेका छन्।

आखिर किन ?

यस बिचयामा हुन सक्ने विवाद र चलेको भ्रमको अन्त गर्नको लागि तुरुन्त कदम चालियोस। बिधानको प्रावधान सहित उल्लेख गरि आइसीसी सदस्यका लागि गरिने सिफारिस र नियुक्तिको कुराको एउटा प्रेस रिजिल नै गरियोस। कम्तिमा पनि अन्तरिक रुपमा इमेल त पक्कै गरियोस, संघका महासचिवलाइ मेरो अनुरोध।

यहाँ सबैको जानकारीको लागि प्रचलित बिधान २०१७ को # १७.५.४ मा गरिएको ब्यबस्थालाइ उल्लेख गरिएको छ। यति मात्र होइन, रिफारिस गरिने व्यक्ति संघको पंजीकृत सदस्य समेत भएको हुनुपर्छ। विधानको १७ र २२.१४.१ अनुसार कम्तिमा ७ महिला सहित २१ जना आइसीसी सदस्यहरु मनोनित गर्न सकिने ब्यब्स्स्था गरिएको छ।

यतिमात्र होइन, क्षेत्रीय संयोजकहरुले आइसीसी सदस्यहरुको सिफारिस गर्दा कम्तिमा पनि व्यक्तिहरुको छोटो बायोग्राफी, सदस्यता नम्बर, संघमा गरेको योगदान जस्ता कुराहरु लिएर, प्राप्त मध्ये इच्च स्तरकोलाइ मात्र गर्नुपर्छ। कुन-कुन पटक अन्तराष्ट्रिय सम्मेलनमा डेलिगेट्स भएको सो को समेत जानकारी दिनु सान्दर्भिक हुनेछ।

गैरआवासीय नेपाली संघको प्रचलित बिधान २०१७ को # १७.५.४ अनुसार; राष्ट्रिय समन्वय परिषद वा अन्तराष्ट्रिय समन्वय परिषदका कुनै पनि पदमा निर्वाचनमा पराजित उम्मेदवार वा बिजयी उम्मेवार सो कार्यकालका लागि राष्ट्रिय समन्वय परिषद वा अन्तराष्ट्रिय समन्वय परिषदका अर्को कुनै पनि कार्यकारी पदमा उम्मेदवार बन्न वा मनोनित हुन् अयोग्य हुने छ।

संघको प्रचलित बिधान पढ्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://nrna.org/Portals/0/Bidhan_2017.PDF