क्लिन फिड लाग्ने विदेशी च्यानल बन्द

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

80 views
-तस्विर वेब

९ असार, काठमाडौं ।टेलिभिजन सेवा प्रदायकहरुले क्लिन फिड लाग्ने विदेशी च्यानल बन्द गरेका छन्।प्रस्तावित विज्ञापन ऐन २०७६ को व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकहरुले  सोमबार दिउँसो ३ बजेबाट क्लिन फिड लागू हुने विदेशी च्यानल सांकेतिक रुपमा बन्द गरेका हुन्।विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान गरेको भन्दै यस्तो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले भोलि मंगलबार दिउँसो ३ बजेसम्म विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेको हो।

नेपालमा प्रसारित च्यानलहरुमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशीरहेका छन् ।इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको छ ।नेपाल सरकारले चाहे जस्तो नियम लागु गर्दा कलर्स, स्टार प्लस, जी टीभी ,स्टार स्पोट्र्स, सोनी टेन लगायतका च्यानलहरु पनि नेपाली जनताले हेर्न नपाउने छन्।