Pipal Mani Sigdel

विदेशी बनायो छिपेकाे रहरले-लडाएर छाड्यो उठेकाे सहरले

Hollywood Khabar January 22,2019 Comments

पीपलमणि सिग्देल

विदेशी बनायो छिपेकाे रहरले !
लडाएर छाड्यो उठेकाे सहरले !

यहाँ लाेभ तृष्णा अहंकारमात्रै !
विभेदी बनायाे फुटेकाे नजरले !!

जता बीज राेपूँ उतै खान जान्छ !
उजाडै बनायाे लुकेकाे बहरले !!

सधैं तापले रातमा बर्बराएँ !
बिहानी हरायाे सुतेकाे पहरले !!

सधैं राम भन्दै तिखारेर छुरा !
ढलाएर छाड्याै छिपेकाे जहरले !!

न आमा न छानाे न माया कसैकाे !
न पानी छ थाेपाे सुकेकाे बगरले !!