साङ्केतिक तस्बिर ;साभार वेब

विवाह गर्ने प्रलोभन देखाउदै २० भन्दा धेरै युवती ठग्ने यूवा पक्राउ

Hollywood Khabar June 16,2019 Comments

२ असार काठमाण्डौं।आफ्नो हुनेवाला दुलाहको असली धन्दा पर्दाफास भएपछि युवती छाँगाबाट खसेझै भइन् ।त्यस वेलासम्म ढिला भइसकेको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौं टेकुस्थित कार्यालयमा आइतबार उनले प्रहरीसँग भन्दै थिइन्, ‘त्यसले मेरो सबै सक्यो । त्यसविरुद्ध कानुनी कारबाही गरिपाऊँ ।’ 

प्रहरीका अनुसार उनलाई प्रेमको चंगुलमा पारी फसाउने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्य थिए ।केही सातापछि मात्रै दुईबीच इन्गेजमेन्ट हुँदै थियो ।यसका लागि राजधानीको पाँचतारे होटेल बुक गरिएको थियो । उपहार दिन डेढ करोड रुपैयाँको ल्यान्डरोभर कारसमेत तयार थियो ।तर, जब हुनेवाला दुलाहाको असली धन्दा सतहमा आयो,बल्ल सबै योजना तासको घरझै भताभुंग हुन पुगे ।आचार्य अहिले प्रहरी हिरासतमा छन् ।शाह न्याय खोजीमा भौँतारिँदै छिन् । 

प्रहरीका अनुसार आचार्यले शाह जस्तै २० भन्दा धेरै युवतीलाई यसैगरी फसाइसकेका छन् ।‘उसको खास धन्दा विभिन्न प्रलोभनमा युवती फसाउने र धनमाल लिने रहेको देखिन्छ ।उसले २० भन्दा धेरै युवतीलाई ठगी गरेको पाइएको छ ।पीडित युवती खानदानी घरानाका भएकाले उनीहरू खुलेर आउन सकिरहेका छैनन्,’ काठमाडौं परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने ।