-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल

भूमिसम्बन्धी आठौँ संशोधन विधेयक बहुमतले पारित

Hollywood Khabar September 16,2019 Comments

१,अशोज,काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालद्वारा प्रस्तुत भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७६ लाई राष्ट्रियसभाको  बैठकले ‘बहुमतले पारित गरेको छ।मन्त्री अर्यालले भूमिहीनका समस्या र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने गरि विधेयक आएको भन्दै संविधानको भावनाअनुरूप  कार्यान्वयनमुखी रहेको र गौचरणलाई समेत विधेयकले संरक्षण गर्ने जानकारी दिइन्।विधेयकमाथिको छलफलमा  सांसद जितेन्द्रनारायण देव,सांसद रामप्रीत पासवान ,सांसद राधेश्याम अधिकारी,सांसद डा विमला राई पौडेल,सांसद अनिता देवकोटा,सांसद परशुराम मेघी गुरुङ लगायतले आ आफ्ना धारणा राखेका थिए।