‘भूमाफिया’को चङ्गुलमा नवमी‚अदालत धाउँदै दिन बित्छ

Hollywood Khabar September 22,2018 Comments

८ असोज, बुटवल।आफ्ना बाबुले मोहियानी हकबापत पाएको जग्गा अर्कै व्यक्तिले बिक्री गरिदिएपछि बुटवल रानीगन्जकी एक थारु महिला यतिबेला न्यायको ढोका ढकढक्याउन पुगेकी छन्।

साविक मोतिपुर-१ रानीगन्ज, हाल बुटवल उपमहानगरपालिका १७निवासी नवमी थारुका बुबाले मोहियानी हक वापत प्राप्त गरेको तीन बिगाहा बढी जग्गा ‘भूमाफिया’ले आफ्नो नाममा जग्गाधनी प्रमाणपूर्जा बनाएर बिक्री गरेको थाहा पाएपछि थारु अदालत धाउन बाध्य भएकी हुन्।