-भ्रष्टाचार मुक्त पार्टी र जनताको सन्तुष्टि नै प्रमुख एजेण्डा:सिंह

भ्रष्टाचार मुक्त पार्टी र जनताको सन्तुष्टि नै प्रमुख एजेण्डा:सिंह

Hollywood Khabar November 17,2019 Comments

कृष्ण के सी/अमेरिका/११/१८/१९

नेपाली काँग्रेसका नेता, नेपाल सरकारका पूर्व उपप्राधानमन्त्री प्रकाशमान सिंहले अबको एजेण्डा भनेको भ्रष्टाचार मुक्त पार्टी र जनताको सन्तुष्टि नै हो भनेका छन्।

नेभेम्बर १७, २०१९ मा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरमा आयोजित बिर गणेशमान चलचित्रको प्रदर्शन तथा नेता प्रकाशमान सिंहसँगको अन्तरक्रिया कार्यक्रममा नेता सिंहले सो कुरा बताएका हुन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाको नर्दन क्यालिफोर्निया च्याप्टरद्वारा आयोजित सो कार्यक्रममा उपस्थित नेपाली काँग्रेस समर्थक तथा आम नेपाली समुदायका सामु उनले सो बिचार व्यक्त गरेका हुन्। सिंहले यसबाहेक आफू आगामी नेतृत्वका लागि आकांक्षी रहेको आसय समेत व्यक्त गरेका थिए। नेता सिंहलाइ आगामी महाधिवेशनबाट सभापतिको लागि बिजयी हुन शुभकामना दिनेहरु पनि थुप्रै व्यक्तिहरु देखिएका थिए।

च्याप्टरका कार्यबाहक सभापति नारायण खनालको सभापतित्वमा भएको कार्यक्रममा नेपालीहरुको ठूलो उपस्थित रहेको थियो। सोहि अवसरमा नेता सिंहका साथमा उनकी धर्मपतिनी सृजना सिंह पनि उपस्थित रहेकी थिइन। साथै नेपाली काँगेस नेता राजुराज जोशी, नेपाली जनसम्पर्क समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष धनन्जय नर्सिङ के सी, उपाध्यक्ष धर्म श्रेष्ठ, सचिव इश्वर सापकोटा र केन्द्रिय सदस्यहरु किलन राइ र चन्द्र कान्त धिताल समेत उपस्थित रहेका थिए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सर्वज्ञ वाग्ले, नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरका पदाधिकारी समेत उपस्थिति रहेको थियो। यसका साथै नेपाली काँग्रेस तथा नेपाली जनसम्पर्क समितिका संबद्ध व्यक्तिहरु भक्त थापा, भुपाल लामिछाने, उत्तम कार्की, डा अमोद पोख्रेल, देन्डी शेर्पा, बुद्ध महर्जन, डिकेन्द्र मास्के, हरिहर दाहाल, नारायण सोम्नामे, पियुस दाहाल, प्रतिक पाण्डे लगायत थुप्रै व्यक्तिहरु र संघ-संस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

बिर गणेशमान चलचित्र हेरेपछि आम मानिसहरुले चलचित्रको निर्माण पक्ष भन्दा पनि ऐतिहासिक कथा तयार भएकोमा खुशी व्यक्ति गरे। नेपालका युग पुरुष, बिर र बिरंगनाहरुको इतिहास जीवित राख्न यस्ता चलचित्र बन्नुपर्ने कुरा दर्शकहरुको रहेको थियो।

**कार्यक्रमको फेसबुक लाइभ हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/krishnakc2017/videos/2331224313874117?sfns=mo