भ्रष्टाचार बढेको होईन,अख्तियार सक्रिय भएको:मन्त्री बाँस्कोटा

0
shares

by Soni Sharma | Updated: 17 Aug 2019

84 views
सञ्चार मन्त्री गोकुल बास्कोटा

१ भाद्र,काभ्रेपलाञ्चोक।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताउनुभएको छ।नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभालाई बनेपामा सम्बोधन गर्दै उहाँले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताउनु भयो।“एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्,यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो,यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो”,उहाँले भन्नुभयो।उहाँले यसअघिका सरकारका समयमा पनि अख्तियार भए पनि यत्तिको सक्रिय नभएको दाबी गर्नुभयो। 

मन्त्री बाँस्कोटाले विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको बताउनुभयो।उहाँले भन्नुभयो,“फाइल बुझाउन जाँदा कर्मचारीलाई बेलुका तपाईको फुर्सद के छ, भेटौँ न,भन्ने प्रवृत्तिले भ्रष्टाचारले प्रसय पाउने हो,यस्तो प्रवृत्ति छ भने आजै त्याग्नुस्,नत्र तपाई पनि फन्दामा पर्नुहोला।”उहाँले कसैले अनुचित रकम दिए वा लिएको जानकारी भएलगत्तै सरोकारवाला निकायलाई खबर गर्न आग्रह गर्नुभयो। 

उहाँले रु एक अर्बसम्मको काम नेपाली निर्माण व्यवसायीले नै गर्नसक्ने भएकाले आफ्नो क्षमता अभिवृद्धि गरी काम गर्न सुझाव दिनुभयो।“आफू क्षमता वृद्धि गरेर आउनुस् कुनै अप्ठेरो छैन”,उहाँले भन्नुभयो, “बोलपत्र आफूलाई नपर्दा अदालत जाने काम पनि राम्रो होइन्।”समुद्ध नेपाल बनाउने प्रमुख औजारमध्येको निर्माण क्षेत्र पनि एक भएको उहाँको धारणा थियो।