हामी भूपु नेपाली भए तपाई शिरकटुवा नक्सलबादी हो मन्त्री पण्डित ज्यू !

Hollywood Khabar March 22,2018 Comments

दिक्षा बस्नेतखप्तडी
नेपाल कम्यूनिष्ट पार्टी एमालेको इतिहास पनि आतंकबाट नै सुरु भएको हो। हामी नेपाल बाहिर बस्नेलाई भूपू नेपाली भन्नेले आफू पनि भू पू नक्सलवादी मात्र होइन झापामा शिर काटेर पठाउने सिरकटुवाको पनि त हिसाब गर्नुपर्यो नि लालबाबु जस्ता मन्त्रीमहोदयले।
आज मलाइ प्रश्न गर्न मन लाग्यो मन्त्रि ज्यू !! हरियो पासपोर्टमा नेपाल आएको अबस्थामा सबलाई फुलमालाले स्वागत गर्छु त भन्नुभयो, तर नेपालीलाई रोजगारको आबश्यकता छ, त्यो पनि परिवारको छाक टार्न, रोगि बुढाबुढी बाबुआमाको औषधि उपचारको खर्च पठाउन र छोराछोरीको मुखको गाँस जुटाउन !!
हुदाँ खाने र हुनेखाने दुवै बर्गलाई रोजगारको परिपूर्ति गर्न सक्छ तपाइको नारा र प्रशासनले ? अनि तपाईलाई यत्ति पनि हेक्का छैन ?? ग्रीनकार्ड, र पीआर वालाको पासपोर्ट हरियो नै हुन्छ भनेर !! प्रार्थाना गर्छु तपाईलाई गल्ति सच्याउने शक्ति भगवानले दिउन! अनि सक्नुहुन्छ, मुलुकको आर्थीक अर्थतन्त्रमा टेवा पुर्याउने श्रमिक हातहरुलाई सलाम गर्नुहोस!
मिति २०७१ सालमा सामान्य प्रशासन मन्त्रालयको बागडोर जब लालबाबु पण्डितको हातमा पारेका थियो उनी एकाएक बिदेशिएका नेपालीको खनिखैरो गरेर भनौं ग्रीनकार्ड/पिआर बिरोधि अभियानको नेतृत्व गरेर चर्चामा आएका थिए। कति सम्म भने ग्रिनकार्ड/पीआर वालालाई नारायणीमा बगाइदिने जस्ता उत्तेजक अभिव्यक्ति दिन समेत पछि परेनन्। उनका यस्ता गैर जिम्मेवार अभिव्यक्तिको चौतर्फी बिरोध पनि नभएको होइन।
मंत्री पण्डित अहिले फेरि पनि राज्यको उच्च पदमा बसेर त्यही सुगारटाई कदममा सशक्त देखिन्छन। फेरि पनि आशा राख्छु कि मुलुकको उच्च पदमा बसेर ग्रीनकार्ड र नागरिकता छुट्याउने खुबीको बिकाश होस् उनीसंग। अर्को कुरा उनलाई आज बिदेशी भूमिबाटै चुच्याउन मन लाग्यो। तपाईं प्रमाणित गर्नुहोस मन्त्रीज्यू हामी कसरी भूपु नेपाली भयौ? खबरदार, यसको उत्तर देशको सम्बिधान, कानुन, र पराराष्ट्रको नीति नियम भन्दा माथि गएर दिने अधिकार छैन तपाईलाई।
अब कुरो आयो नेपालका निजामति कर्मचारीको दैनिकीलाइ चटक्क बिर्सेर तपाइँ अहिले विभिन्न बाध्यता र अबसरको खोजीमा बिदेशी भूमिमा परदेशी भइ रगत र पसिना बगाइरहेका लाखौं नेपालीको मुटुमा किला गाडदै हुनुन्छ। यसमा पनि ५ प्रतिशत कसैले बेदेशी नागरीकता लिए होलान। धेरै मात्रामा अमेरिकामा ग्रिनकार्ड त्यो पनि एउटा Establish job को लागि आबश्यक पर्ने हुनाले ग्रीनकार्ड लिनुपर्ने बाध्यता आफ्नो ठाउमा छ।
तर समग्रमा परदेशिएका नेपालीलाइ देश निकालाको जस्तो अपराधि लाल्छना लाउनुको कुनै तुक छैन मन्त्री महोदय। यी नै बिदेशिएका हातले बगाएका पसिनाले देशको अर्थतन्त्र चलेको र अरबौं बेदिशी ऋणले देश चुर्लुम्म डुबेको अबस्थामा श्रमजीबी हत्केलाको सलाम गर्नुको सट्टा उल्टै भूपु नेपालीको उपनाम दिन तपाइको नैतिकताले कसरी दियो मंत्रीमहोदय?
गहन अध्ययन बिना नै यस्तो गम्भीर तथ्यलाइ आखाँ चिम्लेर मिडियामा बोल्नु गरिमामय पदको खिल्ली उढाउनु हो। मुलुकका निजामति कर्मचारीहरुलाइ बिधानले बाँधेर राष्ट्रसेबकमा उन्मुख बनाउन तपाइको क्षमताले सिकाउनु होस् तर त्यो बिषयलाई छोडेर विभिन्न अबसरको खोजीमा बिदेशी भूमिमा पसिना बगाई भोली जन्मभूमि फर्किएर केहि गर्छु भन्ने उर्जाशील भाबना माथि खेलबाड नगर्नुहोस।
तपाइको यो कदमले भोलि मुलुकको अर्थंतन्त्र गर्लम्म तल झर्नेछ। यदि सर्बहारा बर्गको हित नै तपाइको चाहना हो भने लाखौँ नेपालीको देशभक्ति भावनालाई मात्रीभुमिले सदैब स्वागत गर्दै परदेशिएका सन्तानलाई आफ्नै जन्मभूमि फर्किएर सिकेको शिप, ज्ञान, योग्यता र दक्षताको बिकास गर्ने निकासको बाटो दिने बाताबरण तय गर्नुहोस। तपाई मन्त्री हुँदैमा हाम्रा सबैकुरा ओभर नाइट सुल्टिएका छैनन्। भूपु नेपाली जस्तो लज्जास्पत शब्दले हामी नेपाली परिचित हुनु भनेको सगरमाथा पग्लिनु हो।
त्यसैले सम्पूर्ण गैरआवासीय नेपाली आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा यो अनुरोध गर्दछु कि हामीले आफ्नो पहिचानको लागि मंत्री पण्डितको कुराको खण्डन जरुरी छ। होइन मन्त्री पण्डित नै ठीक हो भने उहाँ पनि आतंकबाट आएको शिरकटुवा हो त्यसको पनि हिसाब त गर्ने पर्छ।
जय देश जय मातृभूमि!!