NRNA महिला संयोजकमा भोमा लिम्बूको उम्मेदवारी

Hollywood Khabar September 19,2017 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघकाको आगामी आठौँ अधिवेशन तथा साधारण सभाबाट निर्वाचित हुने पदाधिकारीका लागि अष्ट्रेलियाकी वर्तमान आइसीसी सदस्य भोमा लिम्बूले महिला संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
बिगत १० बर्षमा गरेको एनआरएनएको सामान्य अनुभवलाइ महिला महिला शसक्तिकरणका लागि काम गर्न आफु उम्मेदवार भएको बताउने भोमा थुप्रै सामाजिक कार्यमा समेत सहभागी हुनुहुन्छ। नेपालमा गएको बिनासकारी भूकम्प, बढिपिडतहरुका लागि रहात बितरण तथा मेडिकल क्याम्प संचालन जस्ता सेवामा समेत काम गर्नुभएको छ लिम्बूले।
समाजिक क्षेत्रमा लागेका कारण सन् २००६ साँस्कृतिक राजदूतको उपाधी, २००९ भोलियन्टर अफ दि इयरमा मनोनित, २०१७ मा एनआरएनए अष्ट्रेलिया कम्यूनिटि सर्भिस पर्सनालिटी अफ द यीयर अवार्डबाट सम्मानित समेत भएकी लिम्बू लामो समय एनआरएनको अभियानमा लागेको कारण अझै यही संस्थामा लागेर थप काम गर्ने अभिप्रायका साथ महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेको कुरा बताउनुहुन्छ।
उहाँले गरेका प्रतिबद्धताहरु
१, स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाहरुको विकास, चेतना अभिबृद्धि तथा शसक्तिकरणका लागि महत्वपूर्ण भूमिका खेल्न ।
२, खाडी तथा अन्य देशमा वैदेशिक रोजगारमा गएका महिलाहरुको सामूहिक आवाज बन्न तथा उनीहरुको समस्या पहिचान गरी समाधानका लागि पहल गर्न ।
३, एनआरएन अभियानमा महिलाहरुको सहभागिता बढाउन ।
४, ‘एक पटकको नेपाली, सँधैको नेपाली’ भन्ने एनआरएनको नारालाई अझै स्थापित गर्न आफु हाँसिल गरेको ज्ञान र अनुभवलाई  अझ प्रभावकारीढंगबाट प्रयोग गरी काम गर्न ।
५, एनआरएनएले शुरु गरेका हरेक कार्य तथा योजनामा सक्रिय सहभागी हुन । एनआरएनएको भवन निमार्णमा, वैदेशिक रोजगार उद्धार कोष बनाउन तथा हरेक एनआरएनका अभियानमा साथ दिन ।
६, म आफैमा ‘नर्स’ भएकाले आफ्नो शिक्षा र पेशालाई नेपालमा सदुपयोग गर्न । नेपालमा हेल्थ क्याम्प, सेमिनार तथा तालिम संचालन गर्न ।
७, नेपालका बालबालिका र महिलाहरुका शिक्षा तथा जनचेतनाका क्षेत्रमा कार्य गर्न लिम्बूको एनआरएनए सहभागिता
– एनआरएनए अष्ट्रेलिया सचिब – २००७–२००९
– एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष – २००९–२०११
– एनआरएनए आईसीसी सदस्य – २०११–२०१३
– एनआरएनए ओशिनिया उपसंयोजक – २०१३–२०१५
– एनआरएनए आईसीसी सदस्य – २०१५–२०१७
– सल्लाहकार, गोर्खा नेप्लिज कम्यूनिटि
– सल्लाहकार, किराँत याकथुङ चुमलुङ
– प्रमुख, यूनाईटेट नेप्लिज आर्ट एण्ड ईन्टरटेन्टमेन्ट