-सांकेतिक तस्विर

पास्नीको भोज खाएर ३० जना भन्दा बढी बिरामी

Hollywood Khabar June 12,2019 Comments

३१,जेठ,धादिङ।धादिङमा पास्नीको भोज खाएका ३० जना भन्दा बढी बिरामी परेका छन् ।बुधबार नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० भन्दाबढी बिरामी परेका हुन्।बिरामी मध्ये १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए।भोज खाएपछि बिरामीभएका हरुमा पखाला लाग्ने, बान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ ।