Hollywoodkhabar advertisement

सिंह दरवार नजाने प्रधानमन्त्री ओली भिखको कचौरा लिएर देउबा निवासबाट लोप्पा खाएर फर्किए

-प्रधानमन्त्री केपी शर्मा ओली
0
shares

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलेको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी मावोवादीले समर्थन फिर्ता लिएपछि सरकारबाट हटाउन लल्कार्ने प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेस पार्टी सभापति शेर बहादुर देउबाको निवासमा कचौरो लिएर मत माग्न पुगेका छन।

प्रधानमन्त्री जस्तो संवेदनशील जिम्मेवारीमा रहेका ओली प्रधानमन्त्री कार्यालय नगएको जुगौं भयो। तर पनि आफ्नो सत्ता टिकाउन कहिले राष्ट्रपति गुहार्ने त कहिले ललकार्ने ओली यो पटक भिखाको कचौरो लिएर देउबा निवास पुगे।

मे ५, २०२१ बुधबार माओवादी एकता केन्द्रले आफ्नो समर्थन फिर्ता लिएको पत्र संघिय संसदमा दर्ता गाएको छ। अब केपी ओली अल्पमतको काम चलाउ सरकारमा छन्। उनलाई महुमत प्रमाणित गर्न संसदमा आफैंले विश्वासको मत लिनुपर्ने हुन्छ। प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। त्यसैको लागि बुधबार नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका हुन्।

तर प्रतिपक्ष पार्टी नेपाली कांग्रेसको पनि गतिलो जवाफ दिएको छ। आफूहरु प्रतिपक्ष भएको र सरकारलाइ समर्थन दिने सकिंदैन भन्ने कुरा उनीहरुको थियो। अब रन्थनिएका ओलीले अर्को कुन अश्त्र फाल्ने हुन् त्यो भने हेर्न बाँकी छ। नागरिकलाइ मुसा नगन्ने र अन्य पार्टीलाई शक्ति नगन्ने ओलीको भिख मगाईलाइ नेपाली कांग्रेस सभापति देउबाले लोप्पा ख्वाइदिए।

मत माग्ने प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामब हादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङ थिए। उता नेपाली कांग्रेसको तर्फबाट छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीहरू डा शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाश शरण महत, कृष्णप्रसाद सिटौला लगायतको सहभागिता रहेको समाचार समाचार कान्तिपुरले लेखेको छ।

ADVERTISEMENT-----