-राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन

आज राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सनको सुरुङको ‘ब्रेक थ्रू’ हुँदै 

Hollywood Khabar April 14,2019 Comments

३बैशाख, काठमाडौं।निर्धारित समयभन्दा १ वर्ष अगाडी सम्पन्न राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको ‘ब्रेक थू’ हुँदैछ । ०७४ कार्तिक मसान्तदेखि नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएपछि ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएको हो ।मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ खन्ने काम सकिएको घोषणा गर्ने आयोजनाकाका निर्देशक सञ्जीव बरालले बताए।औपचारिक घोषणाका लागि सुरुङको कूल १२ दशमलव २१० किलोमिटर लम्बाइमध्ये जम्मा दुई मिटर मात्र खन्न बाँकि राखिएको छ।

बबई किनारबाट सुरुङभित्र पसेको टीबीएम मेसिन मंगलबार भेरी किनारमा निस्किनेछ।टीबीएमले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तिखालबाट चिप्लेसम्म सुरुङ खनेको हो ।भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबईमा खसालेर विधुत उत्पादन गरेपछि बाँके–बर्दिया दुई जिल्लाका ५१ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुग्नेछ।चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४६ दशमलव ८ मेगावाट विधुत उत्पादन गरिनेआयोजना प्रमुख बरालले बताए ।