-Shanta Sapkota Khanal

वर्षे भेल ढोल सरकार !

Hollywood Khabar June 23,2020 Comments

-शान्ता सापकोटा खनाल/आरुघाट, गोरखा/६/२४/२०


वर्षायामको बादलजस्तै
छिनका छिनमै रसाई झर्ने
बाढी बोक्ने कुलो होइन
वर्षे भेल ढोल सरकार !

वर्षैपिच्छे जागिरेलाई
लोकसेवा खोलेजस्तै
गर्ने भए राजनीति
त्यस्तै सेवा खोल सरकार !

बाढी पहिरो जताततै
हाहाकार चीत्कार छन्
ठट्टामात्रै कति गर्छौ ?
जनहितमा बोल सरकार !

भो ! भो ! पुग्यो इन्धन अब !
चाहिॅंदैन सडक , बत्ती !
समृद्धि त देख्यौॅं हाम्ले !
आंखा भए खोल सरकार !

सिधासादा कुल्चिॅंदै छन्
लुटी खाने माथि उठे !
कति होला पसिनाको
भन्न सक्छौ मोल सरकार !!