NRNA अध्यक्ष भट्टद्धारा संघको पैसा धितो राखेर जहाज खरिद

Hollywood Khabar January 16,2018 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ (NRNA) को गत अक्टोवर २०१७ मा भएको ८ औं विश्व सम्मेलन/अधिवेशनबाट निर्वाचित भबन भट्ट अध्यक्ष रहेको वर्तमान नेतृत्वले एकपछि अर्को अलोकप्रिय निर्णय गर्न थाल्यो। यति मात्र होइन आन्तरिक रुपमा दर्जनौं षड्यन्त्र गरेका कारण गत हप्ता संसार भरिका नेपालीहरु जुर्मुराए र संघको वर्तमान नेतृत्वको बिरोध गर्दैरहे।

पछिल्लो पटक संघका अध्यक्ष भबन भट्टले आफ्नो एयर लाइन्सको पैसा भुक्तानी गर्न संघको अन्यत्र बैंकमा भएको पैसा निकालेर मेघा बैंकमा धितोको रुपमा राखेर ऋण निकालेर प्लेन खरिद गरेको कुरा थाहा हुन आएको छ। सोही पैसा निकाल्ने कुरा राख्दा राजेश शंशेर राणाले इन्कार गरेकै कारण राणालाइ पत्र थमाएर कामबाट निकालियो। नेपाल वायुसेवा निगमले लिलामी गरेको विमान अध्यक्ष भट्टले आफ्नो बीबी एयरवेजको लागि निगमको बोइङ ७५७ विमान १४ लाख ६० हजार अमेरिकी डलरमा खरिद गरेका कुरा निगमले जानाएको छ।