-व्यासाचार्य भुवन गुरु

व्यासाचार्य भुवन गुरु नेपाल सरकारको अन्तराष्ट्रिय आध्यात्मिक पर्यटन सद्भावना दुत

Hollywood Khabar January 02,2020 Comments

स्वाती घिमिरे/काठमाण्डौ/१/३/२०

व्यासाचार्य वाणिभास्कर भुवन गुरु नेपाल सरकारको अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटन सद्भावना दुतको रुपमा नियुक्ति भएका छन्।

भ्रमण वर्ष २०२० को अवसरमा नेपालको इतिहासमा नै पहिलो पटक आध्यात्मिक विश्व अभियन्ता व्यासाचार्य वाणिभास्कर भुवन गुरुलाइ नेपाल सरकारको पर्यटन मन्त्रालयको तर्फबाट अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटन सद्भावना दुतको रुपमा नियुक्ति गरेको छ।

वाणिभास्कर गुरुले ७ वर्षको बाल अवस्था देखि नै गुरुकुलमा बसि संस्कृत, व्याकरण वेद, गिताहरुको अध्ययन गरि सरकारी विद्यालयदेखि एसएलसी उत्तीर्ण गरेका थिए। उनले बाल्मिकि संस्कृत विद्यापिठमा पुर्व मध्यमाका साथै रिडि संस्कृत क्याम्पसमा उत्तर मध्यमा उत्तीर्ण पनि गरेका छन्। यसका साथै भारतको वृन्दावनमा शास्त्री र पुर्वीय सभ्यता सहितको भागवत लगायतका शास्त्रहरु अध्ययन गरेका छन्।

वाणिभास्कर भुवन गुरु विगत १० बर्ष देखि अनवरत रुपमा देश विदेशमा आध्यात्मिक अभियानको आयोजनामा रहेका छन्। उनले भारतको अयोध्यामा सङ्गितको साधना गरि वृन्दावनमा भागवत र सङ्गितलाइ एकैसाथ प्रस्तुत गरि लाखौं भक्तजनहरुलाइ आध्यात्मिक समुन्द्रमा होमि दिएको इतिहास पनि छ।

पुर्वीय दर्शन र नेपालको पौराणिक सभ्यतामा विज्ञ भुवन गुरुको क्षमतामा एक प्रकारको जादु छ भन्छन उनका चेलाहरु। उनीहरको भनाइमा गुरुको सङ्गीत स्वर र वाचनकला एकप्रकारको अन्तर्हृदयमा भाइव्रेसन जगाउने खालको छ।

पछिल्लो समयमा आफुमा भएको कला, क्षमता, दक्षता, ज्ञान र साधनालाइ राज्यको समृद्धिमा समर्पण गर्ने उद्घोष गरेका भुवन गुरुले अबका दिनहरुमा विश्व आध्यात्मिक सन्जाललाई तपोभुमी नेपालमा भित्र्याइ नेपालको समृद्धिमा आध्यात्मिक चिन्तनको बलियो जग स्थापना गर्ने कुरा बताए। गुरुका अनुसार बेलैमा छिमेकी राष्ट्र भारतबाट मात्रै लाखौं पर्यटन भित्र्याउन सकिने बुझाइ छ।

विश्व आध्यात्मिक समुदायलाई आध्यात्मिक चिन्तनको माध्यमबाट एउटै शुत्रमा सजाउने आफ्नो संकल्प रहेको कुरा गुरुले हलिउडखबरलाई बताएका छन्। वाणिभास्कर गुरुले यस हलिउडखबरमा कहिले काहिँ लेखहरु समेत लेख्ने गरेका छन्।