भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान

0
shares

by Soni Sharma | Updated: 15 Aug 2019

96 views
तस्बिर साभार वेब

३१ साउन काठमाण्डौं।कस्मिरस्थित भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सेनाबीच गोली हानाहान भएको छ।गोली हानाहान हुँदा तीन सैनिकको मृत्यु भएको पाकिस्तानले जनाएको छ।दुई देशबीचको नियन्त्रण रेखामा भएको भिडन्तमा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको पाकिस्तानी सेनाले उल्लेख गरेको छ।बीबीसी हिन्दीका अनुसार पाकिस्तानी सेनाले पाँच भारतीय सैनिक मारिएको दावी गरेको छ।

पाकिस्तानी सेनाले ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘भारतको कब्जामा रहेको जम्मु–कश्मीरको अनिश्चितताबाट ध्यान हटाउन भारतीय सेनाबाट नियन्त्रण रेखामा गोलीबारी भएको छ।तीन पाकिस्तानी सैनिक शहीद भएका छन्।’

पाकिस्तानले थप भनेको छ, ‘पाकिस्तानी सेनाले पनि प्रभावकारी उत्तर दिएको छ।५ भारतीय सैनिक मारिएका छन् र अन्य कैयौँ घाइते भएका छन् । बंकर ध्वस्त पारिएको छ।दुवैतिरबाट धेरै गोलीबारी जारी छ ।’तर भारतले भने पाकिस्तानी दावीको खण्डन गरेको छ।भारतको नियन्त्रणमा रहेको जम्मु–कस्मिर राज्यलाई दिइएको विशेष संवैधानिक सुविधा उसले खारेज गरेपछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ । विभिन्न न्युज एजेन्सी