-तस्विर वेब

इन्काउन्टरमा मेजर सहित ४ भारतीय सैनिकको मृत्यु

Hollywood Khabar February 16,2019 Comments

फाल्गुण ६ ,नयाँ दिल्ली।भारतमा सोमबार भएको इन्काउन्टरमा आतंककारी मार्न गएका भारतीय सेनाका मेजर सहित ४ जना जवानको ज्यान गएको छ।पुलवामा यस अघि आतंककारी हमलामा ४० सैनिकमारिएका थिए।केन्द्र सरकारले समेत यस विषयमा चासो देखाएपछि सैनिकले आतंकबाद विरुद्ध एक्सन सुरु गरेको थियो।सोमवार विहान पुलवामा जिल्लामा सुरक्षाबलले आतंककारीको विरुद्ध अपरेसन सुरु गर्दा इन्काउन्टरमा ३ जना आतंककारी घेरामा परेको ४ जवानको ज्यान गएको हो ।

मृत्यु हुनेमा मेजर तहका अफिसर समेत छन् ।भारतीय सैनिकले सर्च अपरेशनमा गर्दा राती दुबै तर्फबाट गोलाबारी भएको   र इलाकालाई घेरेर गाउँलेलाई बाहिर निकालिएको छ ।सैनिकलाई पुलवामा आतंककारी हमलाका मास्टरमाईण्ड गाजी समेत यही इलाकामा रहेको सूचना आएपछि सेनाले  सर्च अप्रेसन थालेको आजतकले समाचार लेखेको छ।इनकाउण्टरमा घाइते भएका सैनिकलाई त्यहाँबाट निकालेर श्रीनगर आर्मी हस्पिटलमा भर्ती गराईएको छ । यस इनकाउण्टरमा एक स्थानीय नागरिकको समेत मृत्यु भएको छ ।