तस्बिर साभार वेब

भारतले नेपाली भूमि आफ्नो सीमाभित्र पारी नक्सा जारी गरेको विरोधमा नेवि संघको बिरोध प्रदर्शन

Hollywood Khabar November 06,2019 Comments

२२ कार्तिक, काठमाडौं।भारतले नेपाली भूमिलाई आफ्नो सीमाभित्र पारेर नक्सा जारी गरेको विरोधमा नेपाल विद्यार्थी संघ(नेवि संघ)ले प्रदर्शन गरेको छ।पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्दावाद’,‘कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर’, ‘गो ब्याक इण्डिया’ लगायतका नारा लगाएका थिए।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतीय सीमाभित्र पारिएको छ।यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ ।