भारतले अग्लो बाँधजस्तो सडक बनाएपछी नेपालीका सयौं घर डुबानमा 

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

77 views
-नेपालीका घर डुबानमा

९ असार, बाँके।भारतले बनाएको अग्लो बाँधजस्तो सडकका कारण बाँकेको नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् ।गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती गाउँका सय भन्दा बढी घर डुबेको र झण्डै एक दर्जन घर भत्किएको अधिकांश गाउँ डुबानमा परेको  अध्यक्ष शाहले बताए।

नरैनापुरका बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् ।वर्षातले निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ । पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको छ।अविरल वर्षाले नेपालगञ्जको मुख्यबजार क्षेत्र घरबारीटोल, गणेशपुर क्षेत्र, बसपार्कलगायतका बजार क्षेत्र डुबानमा परेका छन् ।