-सांकेतिक तस्विर

भारतमा एक नेपालीको पानी ट्यांकीमा डुबेर मृत्यु

Hollywood Khabar September 14,2019 Comments

२९भदौ,बैतडी।रोजगारीका लागि भारत गएका एक नेपालीको पानी ट्यांकीमा खस्दा डुबेर मृत्यु भएको छ।बैतडीको पुर्चौडी नगरपालिकाका २४ वर्षीय भरत जोशीको शनिबार राति बैङ्लोरमा पानीको ट्याङ्कीमा खस्दा डुबेर मृत्यु भएको हो ।बैङ्लोरस्थित एक होटेलमा कार्यरत जोशी काम सकेर डेरामा फर्कने क्रममा  लडेर ट्याङ्कीमा खस्दा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ।जोशी एक महीनाअघि रोजगारीका लागि भारत गएका थिए ।