राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारी वैशाख ११ गते चीन जाने 

Hollywood Khabar April 15,2019 Comments

३ वैशाख काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते चीन जाने भएकी छन्।चीनको बेइजिङमा हुन लागेको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनको सम्मेलनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते चीन जना लागेकी हुन्। सम्मेलनमा १०० मुलुकका प्रतिनिधिहरु सहभागी हुने उक्त कार्यक्रमको चीनका राष्ट्रपति सीले उद्घाटन गर्ने बताइएको छ।भ्रमणका  क्रममा व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा पनि नेपाल र चीनबीच हस्ताक्षर हुने बताइएको छ  ।चीनमा रहँदा चिनियाँ समकक्षी सी जिनपिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम बनाइएको छ ।