साङ्केतिक तस्बिर:साभार वेब

भालुको आक्रमणबाट ५ घाइते,भालु नमारेको भन्दै प्रहरीमाथि ढुंगामुडा

Hollywood Khabar October 09,2019 Comments

२३ असोज,जुम्ला।जुम्ला गुठीचौर गाउँपालिका ४ झारज्वालामा भालुको आक्रमणबाट पाँचजना घाइते भएका छन्।जंगली भालुले आक्रमाण गर्दा स्थानीय ३८ वर्षीय खगेन्द्र अधिकारी, २४ वर्षीया वसन्ती भण्डारी, मानबहादुर भण्डारी, इश्वर बुढा र कालु परियार घाइते भएका हुन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यहाँ बुधबार दिउँसोदेखि नै भालुले गाउँलेलाई सताएको थियो। यता,प्रहरीले भालुलाई गोली हानी नमारेको भन्दै स्थानीयले गुठीचौरमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका छन।पाँचजना प्रहरी कार्यारत रहेको चौकीमा स्थानयीले आक्रमाण गरेपछि हवाइ फायर गरी स्थिति नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।उनका अनुसार भालु नियन्त्रण गर्न टोली पुगेपछि स्थानीयले भालुलाई मार्नु पर्ने भन्दै ढुंगामुडा गर्दा स्थिति तनावग्रस्त भएको थिए।आक्रोशित स्थानीयले ढुंगामुढा गरी सुरक्षाकर्मीको भ्यानमा समेत क्षति पुर्याोएका छन्। स्थानीयको ढंगामुडाबाट एक प्रहरी हवलदार गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले बताए। उनका अनुसार वन डिभिजन कार्यालयले वन अधिकृतसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई गाउँमा पठाएको थियो। टोलीले भालुलाई नियन्त्रमा लिए वन डिभिजन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रिजालले बताए।