Hollywoodkhabar advertisement

डा हर्क गुरूङ स्मृति भलिबल कप न्यूयोर्कमा हुदै

-डा हर्क गुरूङ स्मृति भलिबल कप न्यूयोर्कमा हुदै
0
shares

गुरूङ (तमु) सोसाईटी ईन्क यूएसए न्यूयोर्कले नेपाली राष्ट्रिय विभूति स्व डा हर्क गुरूङको स्मृतिमा यही आउॅदो मे महिनाको २९ र ३० गते मेमोरियल डे को अवसर पारेर वार्षिक रूपमा आयोजना गर्ने गरी ओपन भलिबल प्रतियोगिताको आयोजना गर्न गइरहेको सर्व साधरण सबैमा जानकारी गरिएको छ।

गुरूङ समुदायबाट पहिलो पिएचडी गर्नु भएका भूतपूर्व मन्त्री स्व डा हर्क गुरूङ एसियाकै प्रख्यात भूगोलविद, वातावरण संरक्षणविद, राजनीतिज्ञ, समाजसेवी, आदिबासी जनजाती अगुवा साथै खेलकूदप्रेमी हुनुहुन्थ्यो।

पहिलो पटक आयोजना गर्न लागिएको यस डा हर्क गुरुङ स्मृति कप भलिबल प्रतियोगितामा न्यूयोर्कको विभिन्न संघ-संस्था क्लब तथा छिमेकी राज्यहरूबाट समेत सहभागी हुने अपेक्षा गरिएको गुरुङ (तमु) सोसाईटी ईन्कमा वर्तमान अध्यक्ष विजय गुरुङ र यस भलिबल प्रतियोगिताको संयोजक जीत गुरुङले बताउॅनु भयो।

यो खेल खेलाउॅनुको उध्देश्य नेपाली समाजमा स्व डा हर्क गुरुङको चिनारी गराउॅनु र सा-साना वाल वालिका किशोर किशोरीहरूले शैक्षिक स्तरोन्नती गरेर विविध विधामा उत्कृष्टता हॅासिल गरेर समाजमा अग्रणी भूमिका निर्वाह गर्दा भविष्यमा या मृत्यु पर्यन्त पनि सम्झिने रहेछन्।उनीहरूको मन मस्तिष्कमा पनि हामीले राम्रो काम गर्यो भने सबैले सम्झिने रहेछ भन्ने देखाउॅनु निमित पनी यो भलिबल प्रतियोगितामा हुँदैछ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

5 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----