-साङ्केतिक तस्बिर साभार वेब

ओभरटेक गर्दा दुइ ट्रक ठोक्कियो: तीन जनाको मृत्यु, पाँच घाइते

Hollywood Khabar January 26,2020 Comments

१४ माघ,काठमाडौं।भैरहवामा दुइवटा ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवातर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक रोहिणी गाउँपालिका ४ सुलिहवामा  एकआपसमा ठोक्किँदा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय भविकन कुर्मी र सुनसरी चतरा का ३५ वर्षीय पूर्णबहादुर भुजेलको ज्यान गएको हो।

हुस्सु लागेको अवस्थामा ना २ ख ८४८१ नम्बरको ट्रकले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव ज्ञवालीले बताए ।घाइते मध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।तनहुँका विरेन्द्र गुरुङ, नवलपरासी पाल्हीनन्दनका मनिष धवल, शैलेश कुर्मी, त्रिभुवन हरिजन र अखिलेश यादवको  भैरहवाको भीम अस्पतालमा र नवलपरासी पाल्हीनन्दनका दुधही हरिजन, मोहन राय, विनोद धवल र सुवास कुर्मी मेडिकल कलेजमा उपचार भइरहेको छ।