वेपत्ता छानविन आयोगका अध्यक्ष युवराज सुवेदी

भैरवनाथ गण, चिसापानी ब्यारेक र खारा घटना लगायतको छानविन हुने

Hollywood Khabar February 17,2020 Comments

६ फागुन काठमाडौं । वेपत्ता छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले भैरवनाथ गण, चिसापानी ब्यारेक र खारा घटना लगायतको अनुसन्धान हुने ताएका छन्।मंगलबार पत्रकारहरुसँग कुराकानीमा आयोगका अध्यक्ष युवराज सुवेदीले सो कुरा बताएका छन् । उनले २५ सय ६ वटा उजुरीमाथिको अनुसन्धान सुरु भएको छ। आयोगमा परेका उजुरीहरु खोलेको र अनुसन्धान अधिकृत तोकेर रोल्पामा टोली पठाउने तयारी भएको उनले बताए ।

उनले वेपत्ता भएको भनि उजुरी परेका केही व्यक्तिहरु सम्पर्कमा आएको पनि बताए। आयोगको सम्पर्कमा आएका व्यक्तिहरुको नाम केही दिनमा नै सार्वजनिक गरिने उनले बताए।यस्तै, वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वकालमा वेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह समेत गरेको छ। आयोगका अध्यक्ष सुवेदीले द्वन्द्वकालमा कुनै व्यक्ति वेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेका हुन्।

सुवेदीले ऐन संशोधनको तयारी सुरु भएको बताएका छन्। उनले पीडितको सहमतिमा क्षमादान दिन सक्ने गरी कानूनी व्यवस्था गर्न सरकारलाई १४ बुँदे सुझाव दिइएको बताए। आयोगले व्यक्ति हेरेर छानविन नगर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष सुवेदीले उजुरीकर्ताले दिएको उजुरीको र छानविनको आधारमा निर्णय हुने बताए।