-भैरव गणद्वारा ४ कोठे बालमैत्री शौचालय भवन विद्यालयलाई हस्तान्तरण

भैरव गणद्वारा ४ कोठे बालमैत्री शौचालय भवन विद्यालयलाई हस्तान्तरण

Hollywood Khabar April 14,2019 Comments

सन्तोष दाहाल/ललितपूर

नेपाली सेना भन्ने बित्तिक्कै ब्यारेकमा मात्र सिमित भन्ने भ्रमलाई ललितपुरको लेलेमा रहेको भैरव गणले भने चिरेको छ।

गोदावरी नगरपालिका वडा न ७ देवीचौर, बुरुन्चुलीमा रहेको भीमसेन आदर्श माविको हाताभित्र ३ कोठे बालमैत्री र १ कोठे अपाङ्ग मैत्री गरि ४ कोठे बालमैत्री शौचालय भवन निर्माण सम्पन गरेको छ।

सोमबार विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा गोनपा-७ का वडाअध्यक्ष गिरीप्रसाद तिमल्सिनालाई भैरव गणका गणपती एबम प्रमुख सेनानी रणबहादुर खडकाले गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन लगायत सरोकारवालाहरुको उपस्थितिमा हस्तान्तरण पत्र, साचो दिएर प्रदान गरेको छन।

उक्त अवसरमा भैरव गणका गणपती, प्रमुख सेनानी रणबहादुर खडकाले नेपाली सेना आपात बिपतमा ढाड फर्काएर नबसेको बताउदै नेपाली सेना देशको परिस्थिती अनुसार जनप्रेमी बन्दै गएको बताए।

भवन हस्तान्तरण समारोहमा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले विकासमा सबैको सहभागिता र एकजुट हुनुपर्छ भन्ने उदाहरण आफ्नो नगरपालिका भित्र नेपाली सेनाको भैरव गणले देखाएको भन्दै खुशी ब्यक्त गरे। गोदावरी नगरपालिकाका नगर प्रमुख महर्जनले हाम्रो गोदावरी ,सुन्दर र राम्रो गोदावरी बनाउन सबैले साथ दिनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता एबम पुर्व जिविस सदस्य गम्भिरबहादुर राणा, गोनपा-५ र ६ वडाका वडाअध्यक्षहरु क्रमश: मिलन सिलवाल, विष्णुमान महर्जन, पुर्व देबीचौर गाविसका गाविस अध्यक्ष नरबहादुर डिम्डुङ तामाङ, विद्यालयका शिक्षक, शिक्षिका, भैरव गणका नेपाली सेनाहरु, अभिभावक तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।