-सांकेतिक तस्विर

सरकारले कस्तालाई दिन्छ बेरोजगार भत्ता ?

Hollywood Khabar February 12,2019 Comments

१ फागुन,काठमाडौं।‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने नारा सहित् सरकारले आजबाट ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’लागू गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा १८ वर्षदेखि ५९ वर्षको नेपाली नागरिकलाई स्वरोजगार बनाउने गरी कार्यक्रम लागू भएको घोषणा गरेका हुन्।आजबाट कुनै नागरिकले एक सय दिनको रोजगार नपाएमा त्यस्ता व्यक्तिलाई सरकारले एक सय दिन बराबरको निर्वाह भत्ता उपलव्ध गराउने छ ।

नयाँ कार्यक्रमअनुसार सरकारले कुनै बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने छ।त्यसका लागि बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास भएको गाउँ वा नगरपालिकाको वडा कार्यालयमा गएर फाराम भर्नुपर्नेछ।परिवारको कुनै एक सदस्यको रोजगारी भए अर्को बेरोजगारले यस्तो पैसा पाउँदैनन् भने सरकारले तोकेको भन्दा वार्षिक कम आय भएका परिवारलाई मात्र यस्तो भत्ता दिइने छ ।

त्यस्तै, विधेयकमा परिवारको कुनै पनि सदस्य स्वरोजगार भएमा पनि भत्ता नपाउने व्यवस्था छ ।विदेशमा परिवारको कुनै सदस्य रोजगारीमा भए भत्ता प्राप्त नगर्ने व्यवस्था कानुनमा छ। त्यसैगरी, पेन्सन बुझ्ने अवकाश प्राप्त कुनै प्रहरीको परिवारका दुई छोरारछोरी बेरोजगार भए पनि यस्तो भत्ताबाट बञ्चित हुनेछन् ।विधेयकले पेन्सन भत्ता बुझ्ने परिवारमा यस्तो भत्ता नदिने व्यवस्था गरेको छ ।
 

बेरोजगार व्यक्तिलाई सरकारले १०० दिनसम्मको काम खोजिदिन नसकेको अवस्थामाजीवन निर्वाह भत्ता भनेर केही रकम दिइनेछ । त्यो रकम १०० दिनको न्युनतम तलबको आधा हुनेछ । सरकारले श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० तोकेको छ । कार्यक्रम लागू भएपछि न्यूनतम तलब बापत  दिनको ४ सय ४८ रूपैयाँ  उनीहरले पाउनेछन् ।वर्षमा सय दिन पनि काम नपाउने श्रमिकलाई सरकारले २२ हजार ४ सय १६ रूपैयाँ दिनेछ ।