Beni-Mallaj

बेनी-मल्लाज २ किमी पक्कि मदमार्ग निर्माण सम्पन्न

Hollywood Khabar October 22,2018 Comments

म्याग्दी जिल्लाको बेनी बजार देखि पर्वतको मल्लाजसम्म पक्की पदमार्ग निर्माण सम्पन्न भएको छ । एकदमै ठाडो भीरकोमा सिढी र रेलिङ सहितको करिब २ किलोमिटर लामो पदमार्ग निर्माण भएको छ।

यसबाट पदयात्री र स्थानिय बासिन्दाहरुलाई सहज भएको छ।यो पदमार्ग बेल्जियमको आर्थिक सहयोगमा सम्पन्न भएको हो। करिब ८७ लाखको लागतमा सो पदमार्ग निर्माण बताइएको छ। अब यो बाटोबाट मुस्ताङ र बेनीमा जाने–आउने पर्यटकलाई समेत मल्लाजमा आउन सहज हुनेछ।